back
CTIZAN AD

राजनीतिक उपलब्धिको रक्षाका लागि सबै पार्टी एकजुट हुनुपर्छ :अध्यक्ष ओली

वि.सं.२०८० पुस १९ बिहीवार

1.2K 

shares

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्यका साथ अघिबढिरहेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश कमिटीका पदाधिकारीको राष्ट्रिय भेलामा आज उनले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको गन्तव्यका अगाडि बढिरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको बताए ।

अध्यक्ष ओलीले देशको भूमि रक्षा, राष्ट्रियता, स्वाधीनताको तथा राजनीतिक उपलब्धिको रक्षा अहिले राज्यको मुख्य कार्यभार रहेकाले त्यसका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताए । उनले एमालेले उद्देश्यमूलक र गन्तव्यसहितको राजनीति गरिरहेकाले नेतृत्व निर्माण तथा कामको जिम्मेवारी बाडफाँटका क्रममा तछाडमछाड नगरी योग्यता, क्षमताका आधारमा जिम्मेवारी लिने÷दिने संस्कार बसाल्नुपर्नेमा जोड दिए ।

देश तथा राष्ट्रियताको रक्षा, सुरक्षित र समृद्ध नेपाल निर्माणको योजना कार्यान्वयनका लागि सरकारमा पुग्न ‘मिसन–२०८४’अभियान सञ्चालन गरिएको अध्यक्ष ओलीको भनाइ थियो । मिसन–२०८४ प्रदेश कमिटीको कामबाट सफलता मिल्ने भन्दै उनले प्रदेशअन्तर्गतका वैचारिक, साङ्गठानिक सबै काममा सफल नेतृत्व दिन प्रदेश पदाधिकारीलाई आग्रह गरे ।

भेलामा महासचिव शङ्कर पोखरेलले मिसन ग्रासरुटको सुझावका आधारमा पार्टीलाई वार्षिक कार्ययोजना बनाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरिएको समृद्धिका लागि सङ्कल्प यात्राले पार्टीलाई एकताबद्ध बनाउँदै पार्टीलाई जनतामा स्थापित गर्ने काम गरेको बताउनुभयो ।

भेलामा प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको सहभागिता थियो ।

वि.सं.२०८० पुस १९ बिहीवार २१:५१ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...