काठमाडौं । गृहमन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनापछि ललितपुरको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई गृहमन्त्रालयमा तानिएका थिए । उनको ठाउँमा मन्त्रालयमा रहेका श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको हो ।
त्यसैगरी ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई पठाइएको छ । उक्त घटनापछि त्यहाँका प्रहरी प्रमुख सिद्धिविक्रम शाह पनि हेड क्वाटरमा तानिएका थिए ।
वि.सं.२०८० पुस २० शुक्रवार २०:२७ मा प्रकाशित






























