काठमाडौं । मलेसियाको भेन्चर ग्रुप अन्तर्गतका दुई फरक कम्पनीले नेपाली कामदारको बाँकी रहेको तलबका लागि पत्राचार गरेको छ ।
नेपाली दूतावास क्वालालाम्पुर, मलेसियाको च.न के एल १/२२/४४८ मिति २०८०/८/०६ को पत्रमार्फत् सिस्टम एसडिएन बिएचडीमा २०१४ देखि ६४ जना नेपाली श्रमिकहरु कोभिड–१९ महामारीका कारण नेपाल फर्किएपछि उनीहरुको बाँकी रहेको तलब भुक्तानीका लागि बैदेशिक रोजगार विभागलाई पत्राचार गरिएको जनाइएको छ ।
‘श्रमिकहरु नेपाल फर्किएपछि मलेसिया जान नसकेको कारण उल्लेख गर्दै उक्त श्रमिकहरुलाई बाँकी रहेको उनीहरुको तलब भुक्तान गर्न खोज्दा सम्पर्क नभएको भनी यस विभागमा पत्रको बोद्यार्थ प्राप्त भएकोले–पत्र यसैसाथ संलग्न छ ।) देहायका विवरणसहित सम्बन्धीत कम्पनीमा सम्पर्क राख्न सम्बन्धीत सबै श्रमिकलाई अनुरोध छ ।’ बैदेशिक रोजगार विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०८० पुस २२ आइतवार १५:४९ मा प्रकाशित






























