काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (माघ ३ गते, १७ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ३० पैसाले बढेको छ ।
त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ४२ पैसा र विक्रिदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४२ पैसाले घटेको छ ।
त्यस्तैगरी, युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ४२ पैसा र विक्रिदर १६८ रुपैयाँ ३४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ८५ पैसाले घटेको छ ।
यस्तो छ अन्य मुद्राको विनिमय दर
वि.सं.२०८० माघ ३ बुधवार ०८:३४ मा प्रकाशित





























