सिमकोट, (हुम्ला) । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।
हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए ।
हुम्लाबाट नेपालगञ्ज हुँदै थापाको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिए ।
वि.सं.२०८० माघ ४ बिहीवार ११:५५ मा प्रकाशित






























