back
CTIZAN AD

धुलिखेल र पनौतीका छ सय परिवारलाई खानेपानी

वि.सं.२०८० माघ ५ शुक्रवार

795 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका छ सय परिवारका लागि खानेपानी वितरण गरिएको छ । धुलिखेल–१० सुन्थानका तीन सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका तीन सय परिवारका लागि खानेपानी वितरण गरिएको हो ।

बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित रू १५ लाखबाट ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आयोजना सम्पन्न गर्न दुई सय १५ घरधुरीबाट रू पाँच हजारका दरले रकम सङ्कलन गरिएको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिए । उनका अनुसार नयाँ ५७ सदस्यबाट रू नौ हजार पाँच सयका दरले रकम उठाइएको हो ।

चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै दुई इञ्चको पाइपबाट ट्याङ्कीसम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब तीन सय घरधुरी लाभान्वित भएका थापाले बताए । समितिमार्फत प्रत्येक घरधुरीमा खानेपानी वितरण गर्न नगर कार्यालयले १२ रोल पाइप, ४ नं वडा कार्यालयले नौ रोल पाइप सहयोग गरेको थियो ।

धुलिखेल–१० वडास्थित शारदा बतासेमा तीन सय घरपरिवारमा एक घर–एक धारा कार्यक्रमअन्तर्गत धारा जडान गरी पानी प्रयोगमा ल्याइएको शारदा बतासे उपभोक्ता समितिका अध्यक्ष गोविन्द शर्मा उपाध्यायले जानकारी दिए । उनका अनुसार बाँकी एक सय २५ परिवारका लागि चालु आर्थिक वर्षभित्रै धारा जडान गरी पानी पु¥याइने योजना छ ।

यसअघि निर्माण गरिएको एक लाख लिटरको ट्याङ्की र थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी डिपबोरिङमार्फत तीन सय परिवारका लागि खानेपानी व्यवस्थापन गरिएको उपाध्यायले जानकारी दिए ।

नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणलगायतका क्षेत्रमा ‘दिगो विकास लक्ष्य’अनुसारको मापदण्डमा पुग्न लागेकाले सबै वडाका बस्ती र घरमा चालु आवभित्र धारा पु¥याउने लक्ष्य राखिएको बताए । दक्षिण एशियामा धुलिखेल नगर गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिकाभित्र पर्ने उनकोे भनाइ थियो ।

चालु आवमा प्रदेशअन्तर्गत रू एक अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन गरिएको मन्त्री तीर्थ लामाले बताए । उनका अनुसार रू ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजना समावेश भएका छन् ।

 

वि.सं.२०८० माघ ५ शुक्रवार १६:२४ मा प्रकाशित

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...