back
CTIZAN AD

भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ देख्न पाइने

वि.सं.२०८० माघ ९ मंगलवार

888 

shares

चितवन । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा हुँदैछ ।

भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि विभिन्न प्याकेजसँगै दुर्लभ पाटेबाघ सहजै देख्न पाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले एकाधले मात्रै बाघ देख्ने अवसर पाउँछन् । निकुञ्जले भ्रमण वर्षसँगै यहाँ आउने पर्यटकका लागि खोरमा बाघ देखाउने व्यवस्था गर्दैछ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार भरतपुर महानगरपालिकाको देवनगर रेष्जपोष्ट नजिक दक्षिणकाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा खोर निर्माण सम्पन्न गरिएको छ । बाघ हेर्नका लागि मचान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तिवारीका अनुसार अब केही दिनमा मचानको काम सम्पन्न हुन्छ ।

निकुञ्जले रु ५० लाख खर्च गरेर त्यहाँको वन्यजन्तु उद्धार केन्द्रमा बाघका लागि खोर निर्माण सम्पन्न गरेको छ । सँगै महानगरपालिकाको सहयोगमा मचान र पहुँच सडक निर्माण हुँदैछन् । उनको भनाइमा भ्रमण वर्ष उद्घाटन अघि नै त्यहाँ बाघ लगिनेछ । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको तिवारीले जानकारी दिए ।

निकुञ्जको मुख्य कार्यालय कसरामा एउटा पोथी र तीन भाले बाघ खोरमा छन् । यसैगरी, सौराहामा दुई भाले छन् । ती बाघ हिंस्रक बनेपछि नियन्त्रणमा लिएर खोरमा राखिएको छ । तीमध्येबाट वा थप हिंस्रक बाघ नियन्त्रण गर्नु परेमा त्यसलाई खोरमा ल्याइँदै छ । पर्यटकलाई मचानबाट बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको हो ।

भ्रमण वर्षलाई लक्षित गरी मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल र बीस हजारी तालमा सरसफाइको काम भइसकेको छ । भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जिप सफारीको पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ ।

पर्यटकीयस्थलमा नक्सा (म्याप) राख्ने काम गरिएको उनले जानकारी दिए । निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसेमैदानलाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ । मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वारलाई शृङ्गार गर्ने काम गरिएको छभने निकुञ्जको मुख्यालय कसरामा सरसफाइ र रङ रोगनको कार्य भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने पर्यटकले सहजै बाघ देख्न पाऊन् भन्ने उद्देश्यले देवनगरको वन्यजन्तु उद्धार केन्द्रमा महानगरले समेत लगानी गरेर बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको बताईन् । त्यहाँ मचान निर्माण र पहुँच मार्गका लागि महानगरपालिकाका तर्फबाट काम धमाधम भइरहेको उनको भनाइ छ । उनले भने, “अब निकुञ्ज घुम्न आउनेले बाघ देखिन भन्न पर्दैन ।”

भ्रमण वर्षमा आउने स्वदेशी र विदेशी पर्यटकको प्रमुख गन्तव्य निकुञ्ज भएको जनाउँदै उहाँले निकुञ्ज प्रवेश गर्ने नाका र भ्रमणका गन्तव्यमा पर्यटकका लागि सहजीकरणको काम भइरहेको जानकारी दिए ।

 

वि.सं.२०८० माघ ९ मंगलवार १५:१६ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...