back
CTIZAN AD

सेनाका तस्बिर तथा युनिट विशेष प्रदर्शनी आजदेखि

वि.सं.२०८० माघ ९ मंगलवार

1.1K 

shares

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गरे । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ ।

सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनीमा समेटिएको छ । आमनागरिकलाई सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनी अबलोकनका लागि यही माघ १३ गतेसम्म १० देखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ ।

प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।

समारोहमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर जिम्मेवारीका क्रममा गरेका मुख्य–मुख्य कामलाई समेटेर गरिएको प्रदर्शनीबाट हातहतियार, पोसाक र सम्बद्ध सैन्य सामग्रीबारे नागरिकलाई जानकारी प्राप्त हुने विश्वास व्यक्त गरे ।

यसैबीच, सोही अवसरमा नेपाली सेनाद्वारा आयोजित फोटो प्रतियोगितामा रामबाण गुल्म प्रथम, विशेष फौज वाहिनी दोस्रो र श्रीमेहर गण तेस्रो घोषित भए । प्रतियोगितामा १७ नम्बर वाहिनी, रणशेर गण, खड्गदल गण, भवानी बक्स गण, अर्जुनबाण, भगवती दल गण र सैनिक आवासीय महाविद्यालय पोखराले सान्त्वना पुरस्कार प्राप्त गरे ।

उक्त प्रतियोगितामा अन्तर्गत गैरसैनिकविधातर्फ सिद्धार्थ महर्जन प्रथम, सफल प्रकाश श्रेष्ठ द्वितीय र वर्षा शाह तृतीय भइन् । प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे ।

उनहरुलाई प्रधानसेनापति शर्माले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

वि.सं.२०८० माघ ९ मंगलवार १५:२९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...