back
CTIZAN AD

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियमन गर्दै पालिका

वि.सं.२०८० माघ ९ मंगलवार

1.1K 

shares

राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ ।

आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध गर्ने गरी तयारी सुरु गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए । “उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै १ वैशाख २०८१ देखि नगर क्षेत्रभित्र सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्री–वितरण पूर्णरूपमा निषेध गर्ने गरी तयारी गर्ने निर्णय भइसकेको छ”, नगरप्रमुख विष्टले भने, “त्यसलाई कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफलका साथै आवश्यक तयारी सुरु गरिएको छ ।”

सरोकारवाला निकायसँगको बैठकले सुर्तीजन्य पदार्थबाट हुने हानि–नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सुर्तीजन्य पदार्थको उपभोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवं सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री–वितरण गर्ने निकाय एवं व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए ।

“वैशाख १ देखि नगरको सार्वजनिकस्थल सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ, त्यसको सुरुआत उपमहानगरपालिका कार्यालयबाटै गर्छौं”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “प्रभावकारी कार्यान्वयनका लागि सचेतना प्रवद्र्धनसँगै तयारी अभियान सुरु गर्दैछौँ ।”

सरोकारवाला निकायसँगको छलफलमा नेपाल सरकारका उपसचिव पुष्कर नेपालले सङ्घीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले जनतालाई रोग लागिसकेपछि उपचारका लागि आर्थिक सहयोग दिनेभन्दा जनतालाई रोग लाग्नै नदिन सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्री वितरणमै रोक लगाउनु बुद्धिमानी हुने उल्लेख गरे ।

 

वि.सं.२०८० माघ ९ मंगलवार १५:४० मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...