back
CTIZAN AD

‘एआई’ कोर्स अब ब्रिटिस कलेजमा

वि.सं.२०८० माघ ९ मंगलवार

1.1K 

shares

काठमाडौँ । द ब्रिटिस कलेजले नयाँ शैक्षिक कार्यक्रम बीएससी कम्प्युटर साइन्स अन्तरगत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को कोर्षको पढाइ सुरु गरेको छ ।

कलेजले गत शुक्रवार एक कार्यक्रमको आयोजना गरी नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

‘युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्यान्ड’, युकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल र ब्रिटिस कम्प्युटर सोसाइटीलेसमेत मान्यता दिएको कलेजले जनाएको छ ।

फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको सो कोर्ष उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेनकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाट पस्चात औपचारिक कार्यक्रमसँगै प्यानल छलफल समेत भएको थियो ।

कार्यक्रममा राजदुत फेनले नेपालमा डिजिटल लगानीको बारेमा महत्वपूर्ण भनाइ राखेका थिए । ‘युके र नेपालबीच बलियो सम्बन्धलाई सुदृढ गर्दै यस अग्रगामी कार्यक्रमको सुरुवात भएको देख्न पाउँदा म निकै खुसी छु ।’ कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत फेनल भने, ‘ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढवा दिने हाम्रो प्रतिबद्धतालाई अझै झल्काएको छ ।’

उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुणाकर भट्ट, फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपालमा लोकप्रिय डिजिटल वालेट प्लेटर्फमहरु– ई–सेवा, खल्ती र आईएमई पेका प्रतिनिधिहरूकोसमेत सहभागिता रहेको थियो ।

वि.सं.२०८० माघ ९ मंगलवार १५:४३ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...