back
CTIZAN AD

गाजामा २५ हजार सर्वसाधारणको मृत्यु

वि.सं.२०८० माघ ९ मंगलवार

1.2K 

shares

 

संयुक्त राष्ट्रसंघ । गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ ।

गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएच्ए)ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ । यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको आक्रमणको प्रतिक्रियामा थिए । जसको परिणामस्वरूप लगभग १ हजार २०० जनाको मृत्यु भएको छ भने करिव २ सय ५० जना बन्धक बनाइएका छन् ।

शुक्रबार गाजामा दुई जना इजरायली सैनिक मारिएको ओसिएएचएले जनाएको छ । यहाँ ग्राउन्ड अपरेसन शुरु भएदेखि कुल १ सय ९३ ल्यायो, र एक हजार दुई सय तीन सैनिकहरू घाइते भएको इजरायली सेनाले जनाएको छ ।

यो अवधिमा ३ सय ४३ प्यालेस्टिनीको मृत्यु भएको तथा ५ सय ७३ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय सहायता समन्वय कार्यालयले जनाएको छ । आइतबार युगान्डाको राजधानी कम्पालामा ७७ देशहरूको समूह र चीनको शिखर सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वलाई एक टिन्डरबक्सका रूपमा वर्णन गरेका छन् । यस क्षेत्रभरि द्वन्द्व रोक्न आवाश्यक सबै पहलकदमी लिन अपिल गरेका छन् ।

इजरायली र प्यालेस्टिनीहरूका लागि दुई-राज्य समाधानका लागि आफ्नो समर्थन दोहोर्याउँदै महासचिव गुटेरेसले इजरायलको सैन्य कारबाहीले व्यापक विनाश निम्त्याएको बताएका छन् ।

तीन महिनाभन्दा बढी लामो समयदेखि जारी तीव्र बमबारीपछि गाजाका क्षेत्रमा मनावीय आवश्यकता प्रकाश पार्दै ओसिएइचएले गाजामा अहिले १५ वटामात्र बेकरीहरू सञ्चालनमा रहेको बताएको छ । तर राफाहमा छ वटा र देइर अल बालाहमा नौ वटा र वादी गाजाको उत्तरमा कुनै पनि खुला छैन ।

यी लगभग सबै कार्यरत बेकरीहरूले संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमबाट सहयोग खोहजाक छन् । जहाँ पिठो, नुन, खमीर र चिनी आदि खाद्य पदार्थ उपलब्ध छ ।

यस पहलको माध्यमबाट करिब दुई लाख ५० हजार मानिसहरूले अनुदान मूल्यमा खाने कुरा किन्न पाएका छन् । ओसिएइचएले आइतबार आपतकालीन अवस्थाबारे आफ्नो पछिल्लो अपडेटमा उल्लेख गरेको छ ।

यसैबीच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी युएन आरडब्लुएले सोमबार दूरसञ्चार सेवा बन्द सातौँ दिनमा प्रवेश गरेको जनाएको छ । आफ्नो सबैभन्दा पछिल्लो अपडेटमा, युएनआरडब्लुएले गाजाभित्र आन्तरिक विस्थापित व्यक्तिको संख्या १७ लाख पुगेको खुलासा गरेको छ । तीमध्ये एजेन्सीका सुविधाहरूमा शरण लिँदा कम्तीमा ३ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १६१ जना घाइते भएका छन् ।

साथै अक्टोबर ७ देखि, युएनआरडब्लुएका १५१ जना कर्मचारी सदस्यहरू मारिएका छन् भने यसका १४१ वटा प्रतिष्ठानहरू क्षतिग्रस्त भएका छन् ।
सिन्ह्वा/फाइल फोटो

वि.सं.२०८० माघ ९ मंगलवार १५:४४ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...