back
CTIZAN AD

अगम विकरालको ‘यादको मूच्र्छना’ को विमोचन

वि.सं.२०८० माघ २१ आइतवार

1.3K 

shares

काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूच्र्छना’ को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली,विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानियाँ, गीतकार विकरालकी धर्मपत्नी फूलमाया राई लगायतले कृतिको विमोचन गरे ।

विमोचित कृतिमाथि गीतकारहरु हर्क साउद, शितल कादम्बिनी र अमर वान्तुले टिप्पणी गरे । गीतकार साउदले कृतिका अधिकांश गीतमा भोगाई र भावनाका कुराहरु बढी भएको बताए । उनले भने, ‘उहाँको उपनामझैं विकराल भावहरु गीतमा बढी समेटिएको पाएँ । माटो र संस्कृतिको विषयहरुलाई पनि अधिक मात्रामा गीतमार्फत अभिव्यक्त गर्न म सुझाव दिन्छु, यो अहिलेको आवश्यकता पनि हो ।’

गीतकार कादम्बिनीले पनि कृतिमा समेटिएका गीतहरु अधिकांश वियोगी भावको रहेको आफूले पाएको बताइन् । ‘ आफ्ना सिर्जनामार्फत आशावादी सोचमा जोड दिँदै जीवनलाई सुन्दर रुपमा प्रस्तुत गर्न म विकरालजीलाई आग्रह गर्दछु,’ उनले भनिन् । अर्का टिप्पणीकार अमर वान्तुले विकरालका गीतहरुमा आफूले संगीत भर्न चाहेको बताए । कृतिमा समावेश भएका हरेक गीतहरु उत्कृष्ट लागेकाले त्यसमा संगीत भरेर आफूले थप जीवन्तता दिन चाहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हार्तम्छालीलेप्रवासमा रहेर पनि गीतकार विकरालले नेपाली साहित्य–संगीतका क्षेत्रमा पु¥याएको योगदानको सराहना गरे । विशिष्ट अतिथि राईले सबैसँग सहकार्य गरेर नेपाली नाट्य तथा संगीतको क्षेत्रमा काम गर्न प्रतिष्ठान तयार रहेको बताए । प्रतिष्ठानका सदस्यसचिव डा.सुवेदीले सर्जकहरुबाट लोक विधामा पनि लेखन कार्य हुनु जरुरी रहेको औंल्याए ।

संस्कृतिकर्मी डा. भक्त राई, वरिष्ठ गीतकार शुभ मुकारुङ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ साहित्यकार डा. विष्णु राई र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चन्द्र रानाहँछाले पनि विमोचित कृति र गीत–संगीत क्षेत्रको विविध विषयमा धारणा राखेका थिए ।

रावासावा प्राज्ञिक समाजले प्रकाशन गरेको सो कृतिमा रेकर्ड भइसकेका २७ सहित १ सय ११ वटा गीत समावेश छन् । खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका बासिन्दा गीतकार राई रोजगारीको सिलसिलामा हालः दक्षिण कोरियामा छन् । २०७६ सालमा ‘अनुभूति’ गीति एल्बम सार्वजनिक गरिसकेका उनी ‘वर्ष गीतकार पुरस्कार २०७८’बाट सम्मानित भएका थिए ।

वि.सं.२०८० माघ २१ आइतवार १३:५६ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...