बारा । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ का ४४ वर्षीय राम चन्द्र महत्तो रहेका छन् ।
महत्तोलाई जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८० माघ २४ बुधवार १४:०८ मा प्रकाशित






























