back
CTIZAN AD

पोखरा महानगरको ‘एक वडा, एक पकेट’ कार्यक्रम, चैते धानको प्रवद्वनमा जोड

वि.सं.२०८० माघ २४ बुधवार

936 

shares

गण्डकी । सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धानको प्रवद्र्धनमा जोड दिइएको छ ।

सिँचाइयुक्त उब्जाउयोग्य जमिनको अधिकतम् उपयोग गर्दै त्यसबाट सर्वसाधारणले लाभ लिन सकून् भन्ने उद्देश्यका साथ महानगरपालिकाले बर्सेनि चैते धान खेतीका लागि कृषकलाई सहयोग गर्दै आएको हो । चैते धानको प्रवद्र्धन गर्दै महानगरपालिकाभित्रका वडा नं १४, १५, २६ र २७ मा चैते ५ जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

उक्त क्षेत्रका कृषकले यसअघि स्थानीय जातको चैते धान लगाउने गरेकोमा चैते ५ जातको धानको बीउ वितरण गरेसँगै उत्पादनमा पनि वृद्धि भएको उनले बताए ।

“स्थानीय जातको बीउ लगाउँदा प्रतिरोपनी दुुई मुरी धान फल्ने गरेकामा अहिले छ मुरीसम्म फल्न थालेको छ”, उनले भने, “चैते धानका कारण जमिनको सदुुपयोगसँगै खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सहयोग पुु¥याएको छ ।”

महानगरपालिकाले यस वर्ष चार टन चैते धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको बताउँदै उनले पोखरा महानगरपालिका–२६ का किसानलाई वितरण गरिसकिएको जानकारी दिए ।

गत वर्षदेखि वितरण गरिएको चैते ५ जातको बीउबाट उत्पादित धान मसिनो, खान पनि स्वादिलो र प्रतिरोपनी पाँचदेखि सात मुरीसम्म फल्ने गरेको कृषक बताउँछन् । पोखरा महानगरपालिका–२६ मा गत वर्ष दुई सय ६५ जना कृषकलाई रु आठ लाख ४५ हजार प्रोत्साहन सहयोग पनि गरिएको वडाध्यक्ष नरेन्द्र थापाले बताए ।

“उक्त प्रोत्साहन सहयोगलाई यस वर्ष पनि निरन्तरता दिइएको छ”, उनले भने, “वडाले आगामी दिनमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै कृषि बजार बनाएर स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुु¥याउने योजना राखेको छ ।” महानगरपालिकाले चैते धान खेतीमा प्रोत्साहनका लागि रोपाइँ सकिएको ४५ दिनपछि स्थलगत अनुुगमन गरी प्रतिरोपनी रु नौ सय प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख कडरियाको भनाइ छ ।

अघिल्लो वर्ष महानगरपालिकाले चैते धान रोपाइँ गर्ने कृषकलाई रु १२ लाख प्रोत्साहन रकम उपलब्ध गराएको उहाँले जानकारी दिए । महानगरपालिकाले पकेट कार्यक्रमअन्तर्गत सूचना प्रकाशन गरेअनुसार माघ १५ गतेसम्म प्राप्त आवेदनको आधारमा एक हजार रोपनीभन्दा बढी क्षेत्रमा तीन हजार दुई सय किलोग्राम चैते धानको बीउ वितरण गरिरहेको महाशाखाले जनाएको छ ।

चैते ५ धानको बीउ रोपेको एक सय २० दिनमा काट्न तयार हुुने बताउँदै उनले भने, “यसका लागि छिटो ब्याड तयार गरी सकेसम्म गुमोज बनाइ ब्याड तयार गर्नुुपर्छ, हामीले फागुन २० गतेभित्र धान रोप्ने गरी कृषकलाई तयारी गर्न भनेका छौँ ।” महाशाखाले जमिन तयारी, मल व्यवस्थापन, सिँचाइ, रोप्ने दूरी, रोग किरा व्यवस्थापनका साथै खेती प्रविधिबारे अभिमुखीकरण गरी चैते धान खेती प्रविधि पुस्तिकासमेत वितरण गरिरहेको उहाँले जानकारी दिए ।

नेपालको कृषि अर्थतन्त्रमा महत्वपूर्ण खाद्यान्नका रूपमा रहेको धान खेती तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाडी क्षेत्रमा गरिँदै आएको पाइन्छ । चैते धान तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाडी क्षेत्रका साथै हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने गरेको पाइन्छ ।

तथ्याङ्कअनुसार देशमा करिब ९२ प्रतिशत धान खेती बर्षातमा गर्ने गरिएको छ भने करिब सात प्रतिशत चैते धान र एक प्रतिशत जाडो मौसमअर्थात् माघको अन्तिममा रोपिँदै आइएको छ । चैते धान भने विशेषतः सिँचाइको सुविधा हुने पहाडी भूूभाग एव बँेसीमा गर्ने गरिएको छ । गण्डकी प्रदेशमा छ हजार तीन हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको तथ्याङ्क छ ।

विशेष गरेर चैतमा दिन लामो तथा रात छोटो हुने भएको र आकाशमा बादल नलाग्ने बेला, सूर्यको ताप बढी हुने र सूर्यको किरणको शक्ति बालीको हरित कणमार्फत् बालीले तान्ने भएकाले असारको तुलनामा चैतमा धेरै उत्पादन हुने गर्दछ ।

आकाशमा कम बादल र बढी सुक्खा हुने भएकाले चैते धानमा विभिन्न रोगजन्य प्रकोप पनि कम हुने कडरियाले जानकारी दिए । उनले भने, “चैते धानको खेतीसमेत गर्दा खेत बाँझो पनि नहुँने र उत्पादनसमेत बढ्ने भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छ ।”

गण्डकी प्रदेशमा पोखरा र आसपासका क्षेत्रका साथै नवलपुरको मध्यविन्दु, त्रिवेणी, तनहुँको व्यास, भिमाद, गोरखाको दरौँदी किनारलगायत क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको छ भने अन्य जिल्लामा पनि केही मात्रामा चैते धानको खेती गरिँदै आइएको छ । प्रदेशभित्र चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ५, चैते ६ लगायतका जातको खेती गरिँदै आइएको पाइन्छ ।

 

वि.सं.२०८० माघ २४ बुधवार १४:१६ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...