back
CTIZAN AD

माल्दिभ्स सङ्कटसहित उच्च ऋण जोखिममा छ : आईएमएफ

वि.सं.२०८० माघ २५ बिहीवार

918 

shares

माल्दिभ्स । बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।

पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले हालैको आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरूबारे छलफल गर्न जनवरी २३ देखि फेब्रुअरी छसम्म माले भ्रमण गरेपछि रिपोर्ट सार्वजनिक गरेको हो ।

माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३.९ प्रतिशतले विस्तार भएको र सन् २०२३ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

सन् २०२४ मा पर्यटक आवागमन वृद्धि भई ५.२ प्रतिशत पुग्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वव्यापी वित्तीय एजेन्सीले इन्धनको बढ्दो मूल्य तथा व्यापक आयात मागको बिचमा सन् २०२४ मा ठुलो घाटा रहने अनुमान गरेको छ ।

महत्वपूर्ण नीतिगत परिवर्तन नभएसम्म वित्तीय घाटा र सार्वजनिक ऋण निरन्तर बढ्ने अनुमान गरिएको छ ।

बाढी तथा बढ्दो समुद्री सतहका कारण माल्दिभ्स गम्भीर आर्थिक लागतका जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आइएमएफका अनुसार सङ्कट कम गर्न, सार्वजनिक वित्त तथा ऋणको दिगोपन पुनः स्थापना गर्न कडा मौद्रिक र विवेकपूर्ण नीतिसहित दिगो वित्तीय सुदृढीकरण आवश्यक छ ।

ग्लोबल फाइनान्सियल एजेन्सीले जलवायु अनुकुलन प्रयासहरूलाई समर्थन गर्न संस्थालाई बलियो बनाउन सुझाव दिएको छ । जसले अतिरिक्त जलवायु वित्तपोषणमा पहुँच वृद्धि गरी जलवायुसम्बन्धी प्रतिबद्धताहरू पूरा गर्न मद्दत गर्ने एजेन्सीले जनाएको छ ।(रासस/एएनआई)

वि.सं.२०८० माघ २५ बिहीवार १६:३४ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...