back
CTIZAN AD

‘स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यको रुपमा विकास गर्नुपर्छ’

वि.सं.२०८० माघ २५ बिहीवार

1.1K 

shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । स्पा सङ्घ नेपालको तेस्रो वार्षिकोत्सव एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले स्पा व्यवसायलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।

“स्पा व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक छ, यसलाई चिर्नका लागि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी व्यावसायिकरूपमा अगाडि बढाउन जरुरी छ”, नेता श्रेष्ठले भने । सरकारले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनकोे भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए । “स्पा क्षेत्रमा भएको विकृति विसङ्गति अन्त्यका लागि स्पा सङ्घले पहल गर्नुपर्छ”, उनले भने । स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न वडा कार्यालय तयार रहेको उनकोे भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पर्यटन र स्पा व्यवसायलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए । पर्यटन व्यवसायी कर्ण शाक्यले अलग, फरक र मौलिकपन भए मात्र पर्यटन प्रवर्द्धन हुने बताए । “अहिले संस्कृति र प्रकृतिमार्फत मुलुकको पर्यटन प्रव्द्धन गरिँदै छ, अब स्पामार्फत पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ”, उनले भने । स्पा व्यवसायी रामदेव महतोले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा क्षेत्रलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

स्पा सङ्घ नेपालका अध्यक्ष शुभलाल थिङले स्पा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सङ्घ लागिपरेको बताए । विसं २०७८ मा स्थापना भएको सङ्घमा हाल दुई दर्जनभन्दा बढी स्पा व्यवसायी आबद्ध छन् । कार्यक्रममा स्पा क्षेत्रमा लामो समय योगदान दिनुभएका काठमाडौँ स्पाका सञ्चालक निलप्रसाद मिश्र र रियल थेरापी तथा ब्यूउटी प्वाइन्टका सञ्चालक भविश्वर शर्मा र ट्याङ्कुलिटी स्पाका सञ्चालक रामेश्वर फैजुलाई सम्मान गरिएको थियो ।

 

वि.सं.२०८० माघ २५ बिहीवार १६:२५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...