back
CTIZAN AD

टेलिकमले ल्यायो प्रजातन्त्र दिवसका अवसरमा विभिन्न अफर

वि.सं.२०८० फागुन ६ आइतवार

1.5K 

shares

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ ।

सो अफर फागुन ६ देखि लागू भएको र आगामी फागुन १२ सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरुको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ ।

जस अनुसार साविक बमोजमको फ्री रिसोर्स १ जीबी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

टेलिकमका अअनुसार एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इएर्ली वाइ टाइम प्याकेज र कम्बो इयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ । टेलिकमले कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ ।

यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

वि.सं.२०८० फागुन ६ आइतवार १५:३७ मा प्रकाशित

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...