back
CTIZAN AD

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

वि.सं.२०८० फागुन ६ आइतवार

993 

shares

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलव २० मा सीमित भएको हो । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यम गिरावट भएको छ । कूल एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता शेयर रु तीन अर्ब ७७ करोड ५४ दाख २२ हजार एक सय ९६ मूल्यमा कारोबार भयो ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४० करोड ९० लाख बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु १३ करोड ६५ लाख ६४ हजार एक सय ४०, जोशी हाइड्रोपावर रु १० करोड १४ लाख एक सय ९२, सगरमाथा जलविद्युत् कम्पनी रु नौ करोड २७ लाख ९३ हजार पाँच सय ९८ र युनियन हाइड्रोपावर रु सात करोड ६१ लख १८ हजार एक सय सात मूल्यमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त आठ दशमलव २२, युनियन हाइड्रोपावर छ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले छ दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सामलिङ पावर आठ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी छ दशमलव १५, पाँचथर पावर कम्पनी पाँच दशमलव ९१, बाराही हाइड्रोपावर पाँच दशमलव ८२ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।

 

वि.सं.२०८० फागुन ६ आइतवार १५:५३ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...