back
CTIZAN AD

रूखले किच्दा बहिनीको मृत्यु, दिदी घाइते

वि.सं.२०७४ वैशाख २२ शुक्रवार

828 

shares

२२ वैशाख, जाजरकोट । रूखले किचेर कुसे गाउँपालिका–४ की १२ वर्षीया रमिता शाहीको बिहीबार बेलुका मृत्यु भएको छ । उनकी दिदी १५ वर्षीया पशुपति गम्भीर घाइते भएकी छन् ।

कुसे गाउँपालिकाको बाटुलेबजार नजिकैको टोलखोलामा हावाहुरीले ढलेको रूखले किच्दा शाहीको मृत्यु भएको हो । मालटाकुरा माध्यमिक विद्यालय, तम्तीमा ७ कक्षा र १० कक्षामा अध्ययनरत दिदीबहिनी पुस्तक लिएर बाटुलेबजारबाट फर्कंदै गर्दा हावाहारीका कारण ढलेको रूखले उनीहरुलाई किचेको स्थानीयवासी खिमबहादुर सिंहले बताउनुभयो ।

घाइते पशुपतिको स्थानीय मेडिकलमा उपचार भइरहेको उहाँले बताउनुभयो । विद्यालयले उनीहरुलगायत अन्य बालबालिकालाई पुस्तक ढुवानी गर्न बाटुलेबजार पठाएको थियो । पुस्तक बोकेका अन्य बालबालिका अर्को बाटो हिँडेकाले घटनाबाट बच्न सफल भएको सिंहले बताउनुभयो ।

वि.सं.२०७४ वैशाख २२ शुक्रवार ०२:४५ मा प्रकाशित

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...