back
CTIZAN AD

डेरी सञ्चालकहरुले दूध नलिएपछि नलिएपछि रामेछापका किसान चिन्तामा

वि.सं.२०८० फागुन १५ मंगलवार

1.1K 

shares

मन्थली, (रामेछाप) । रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् ।

यसअघि प्रतिलिटर रु ७७ मा बिक्री हुने गरेको दूध अहिले दुग्ध सहकारीले मूल्य घटाएर प्रतिलिटर रु ५४ मा झरेकाले किसान चिन्तित बनेका हुन् । जिल्लामा हिजोआज सदरमुकाम पेरीफेरीमा मात्र करिब तीन हजार आठ सयदेखि चार हजार लिटरसम्म दूध उत्पादन हुन्छ । यसअघि जिल्लामा रहेको चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरीले जिल्लामा उत्पादन भएका सबै दूध किसानसँग खरिद गर्ने गरेका थिए तर ती डेरीमा पनि दूध र दुग्धजन्य वस्तुको बिक्री वितरणमा कमी आएका कारण जिल्लामा उत्पादित सबै दूध लिन नसकेको चिरञ्जीवी डेरी उद्योगका सञ्चालक भानु श्रेष्ठले बताए । उनले भने, “जिल्लाको मागभन्दा बढी दूध उत्पादन भएका कारण हामीले सबै किसानको दूध बिहान र साँझ दुवै समय लिन नसकेका हौँ तर एकपटकको मात्र हामी लिन्छाँै बेलुकाको दूध दुग्ध सहकारीमार्फत सहकारीमै सङ्कलन गरी बाहिर पठाउने गरिएको छ दूध नबिक्नुभन्दा कम मूल्यमा भए पनि बिक्री हुनु रम्रो कुरा हो ।”

जिल्लामा पछिल्लो समयमा वैदेशिक रोजगारी छाडेर आएका युवाले यो व्यवासय गरिरहेका छन् । घाँस र दानको मूल्य बढदै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको मन्थली नपा–१ मा गाई फार्म सञ्चालिका जानुका खड्काले बताए । उनले भने, “विदेशमा जानुभएको श्रीमान्लाई स्वदेशमै केही गरौँला भनेर फर्काएँ र फेरि जान दिइनँ तर अहिले दूधको मूल्य नै नआउने र कहिलेकाहीँ नबिक्ने पनि गरेपछि यो पेसाप्रति नै वितृष्णा बढेको छ ।”

यसअघि जिल्लामा रहेका तीनवटै डेरीले पर्याप्त दूध लिने गरे पनि फागुन महिनादेखि आफूले उत्पादन गरेको दूध नबिक्ने वा बिकी हाले पनि कम मूल्यमा बिक्री हुने भएका कारण अब पेसा नै फेर्नुपर्ने बाध्ययता हुन लागेको अर्का किसान सुरेश भण्डारीले बताए । सबैतिरको अवस्था यस्तै भएका कारण अब आफूहरुले गाईपालनबाट राम्रो आम्दानी लिन नसक्ने र गाई पाल्न पनि मुस्किल हुुने देखिएको मन्थली नपा–६ का किसान बुद्धिप्रसाद ढुङगेलले बताए ।

जिल्लामा रहेका डेरीहरुले दूध नकिनिदिएपछि दूध नबिकेर फाल्नुभन्दा आफूले सस्तो मूल्यमा किनबेच गर्न लागेको रामेछाप दुग्ध सहकारीका अध्यक्ष ध्रुव थापाको भनाइ थियो । उनले भने, “यसअघि फागुन १ गतेदेखि लिने गरी हामीले डिडीसीसँग मौखिक सहमति गरेका थियौँ, चार दिनपछि उसले पनि लान छाड्यो त्यसपछि हामीले हिमालयन दुग्ध उद्योग एवं रिसर्च सेन्टरसँग प्रतिलिटर रु ५६ मा लिनेगरी सहमाति गरेका छौँ अब किसानको दूध नबिक्ला भन्ने शङ्का नै भएन ।

जिल्लामा एक सयको हाराहरीमा गाईपालन फार्म छन् जसमध्ये ५० वटा गाई फार्महरु मन्थली नगरपालिकामा मात्र छन्भने अन्य फार्महरु लिखु तामाकोशी गाउँपालिका, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँ पालिका, सैलुङ गाउँपालिका र सुनापति गाउँपालिकामा रहेका छन् ।

लिखु तामाकोशी गाउँपालिका मन्थली पछिको बढी दूध उत्पादन हुने पालिका हो तर यहाको दूध दोलाखाको सदरमुकाम चरिकोट पठाइने हुनाले यहाका किसानका लागि दूधको मूल्यमा खासै तलमाथि भएको छैन तर मन्थली नगारपालिकामा रहेका किसानले उत्पादन गरेको दूध मन्थली बजार र सिन्धुलीको खुर्कोट बजारमा खपत हुने गरे पनि दूधको उत्पादन बढी र माग कम हुनाका साथै दूध र दूधजन्य परिकारहरु बिक्री नभएका कारण दूधको मूल्य घटेको बताएइको छ ।

धेरै दुःख र मेहनत गरेर उत्पादन गरेको दूधको बजारीकरणमा समस्या भएपछि अब किसानले गाईवस्तु पालन गर्न नसक्ने भएका छन् । सरकारले व्यावसायिकरूपले गाई पाल्ने किसानलाई दूध, दाना र घाँस ढुवानीमा अनुदान दिनुपर्ने व्यवसायीहरुको माग थियो । मन्थली नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर रु दुई अनुदान दिए पनि घाँस र दाना ढुवानीमा अनुदान दिनेतर्फ कुनै चासो देखाएको छैन ।

दूधमा दिइएको अनुदान अझै बढाउनुपर्ने र नगरपालिकाले घाँस र दाना ल्याउँदा पनि अनुदान दिनुपर्ने किसानको माग थियो ।

 

वि.सं.२०८० फागुन १५ मंगलवार १६:५८ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...