back
CTIZAN AD

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

वि.सं.२०८० फागुन १५ मंगलवार

1.4K 

shares

पोखरा, कास्की । नेपाल भारत साहित्य महोत्सव पाँचौ संस्करण २०८० फागुन १०, ११ र १२ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा भारतको तर्फबाट मूल आयोजक क्रान्तिधरा अकादमी, मेरठ थियो भने नेपालको संयोजक डा. बलराम उपाध्याय रेग्मीले गरेका थिए । साथै कार्यक्रमको सह–प्रायोजकका रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, तथा पोखरा महानगरपालिका रहेका थिए ।

कार्यक्रमको पहिलो दिनको कार्यक्रममा साहित्यकार सरुभक्त श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने डा.घनश्याम न्यौपाने परिश्रमी, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, भारतीय दूतावासका अधिकारी सत्येन्द्र दहिया, वरिष्ठ साहित्यकार डा विघ्नेश त्यागीको विशिष्ट आतिथ्यता रहेको थियो ।

महाकाव्यकार माधव वियोगी दोस्रो दिनको काव्य मञ्चमा प्रमुख अतिथि रहेका थिए भने नेपाल भारत सम्बन्ध र साहित्यमा पर्यटन विषयमा छन्दकवि तथा राष्ट्रिका साहित्यिक संस्था का अध्यक्ष ऋषभ देव घिमिरेले प्रस्तुत गरेका थिए ।

त्यसैगरी नेपालमा नारी हस्ताक्षरका विषयमा वृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले प्रस्तुति दिएका थिए भने भारतका तर्फबाट डा. मनीष शुक्लले भारतीय नारी हस्ताक्षरका बारेमा चर्चा गरेका थिए ।

त्यस्तै भारतका रायपुरका वरिष्ठ साहित्यकार राव शिव राजपाल सिंहले बाल्मिकी रामायण एक शोधपत्र प्रस्तुत गरेका थिए ।

तेस्रोदिन वरिष्ठ साहित्यकार कुसुमाकर न्यौपाने प्रमुख आतिथ्यता रहेको थियो भने साहित्यमा प्रतिलिपि अधिकारको परिचर्चा प्रतिलिपि अधिकार कार्यालयका पूर्व रजिष्ट्रार तथा नेपाली लेखक सङ्घ काठमाडौंका अध्यक्ष श्री बिसुकुमार केसीले गरेका थिए ।

कार्यक्रममा गजलकार किशोर कोइरालाको गजल संग्रह शीतको ताप, किशन पौडेलको हिन्दी लघुकथा सङ्ग्रह अन्तर्दृष्टि, संयुक्त चारु संग्रह कादम्बिनी, किशन श्याम श्रेष्ठको लघुकथा सङ्ग्रह, प्रा.एसएस डोगराको धयध, डा. नवनीत भनोतको मथपभक लोकार्पण गरिएको थियो ।

महोत्सवमा नेपाल–भारतका साहित्यकारहरूको रचना वाचन गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता क्रान्तिधरा साहित्य अकदमी मेरठ भारतका अध्यक्ष तथा नेपाल भारत साहित्य महोत्सबका संयोजक डा. विजय पण्डितले गरेका थिए भने कार्यक्रम सञ्चालन नेपाली र हिन्दी दुबै भाषामा विमुन्स पौडेलले गरेकी थिइन् ।

 

वि.सं.२०८० फागुन १५ मंगलवार १७:५७ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...