काठमाडौं । माइती घर खुला गर्न माग गर्दै राजेन्द्र महतोको नेतृत्वमा प्रदर्शन भएको छ ।
सोमबार मात्रै महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका महतोले बुधबार माइतीघर खुला गर्न माग गर्दै सोहि अभियान मार्फत् प्रदर्शनमा उत्रिएका हुन् ।
,mk
‘माइतीघर मण्डलाको निशेधित क्षेत्र तोडौ’ भन्ने ब्यानरसहित ठूलो संख्यामा प्रदर्शन गर्दै भद्रकाली पुगेको महतो नेतृत्वको समूहलाई प्रहरीले रोकेको थियो ।
उक्त क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो ।
वि.सं.२०८० फागुन १६ बुधवार १५:५७ मा प्रकाशित






























