back
CTIZAN AD

प्रेस सेन्टरको प्रवास समिती गठन, अध्यक्षमा हरि नेपाली चयन

वि.सं.२०८० फागुन १६ बुधवार

1.5K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रवासी पत्रकारको अध्यक्षमा हरि नेपाली चयन भएका छन् ।

नेपाल भन्दा बाहिर रहेर पत्रकारिता गरिरहेका माओवादी निकट पत्रकारहरुले प्रेस सेन्टर नेपालको प्रवास समितिको पुर्णता दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा प्रेस सेन्टर नेपाल प्रवास समितिको २४ फेब्रअरी २०२४ मा भर्चुअल माध्यमबाट सम्पन्न भेलाको सभापतित्व प्रवास प्रदेश समितिका इन्चार्ज आरबी खड्काले गरेका थिए ।

प्रवास प्रदेश समितिको पश्चिय एसियाका इन्चार्ज मेघराज सापकोटा, पुर्वी एसियाका इन्चार्ज तिलक मल्ल, भारतवाट दिपक जिसी, अमेरिकाजका इन्चार्ज महेश कुमार खाती, ओशियानाका इन्चार्ज दिलनिशानी मगर, युरोपका इन्चार्ज केजिन राईले रिपोर्टिंग राखेका थिए ।

नेपाली जनप्रगतिशील मन्च जापानका अध्यक्ष मोहन पौडेल, नेपाली जनप्रगतिशील मन्च जापानका निवर्तमान अध्यक्ष भवानी, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सुनिल खड्का, प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेलको बिशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले प्रेस सेन्टरले प्रचारको कामलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले प्रवासमा मन्चहरु र प्रेस सेन्टर एक अर्काको परिपुरक हुनु पर्ने बताए ! शर्माले पद लिने तर काम नगर्ने प्रवृति सबैतिर बढेको तर्फ औल्याउदै परिणाममुखी भएर काम गर्न समेत निर्देशन दिएका थिए ।
प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका विशिष्ठ अतिथी बिष्णु सापकोटा जुगलले पार्टी र सरकारले गरेका राम्रा कामहरुको प्रचार संगै पार्टी नेतृत्वलाई खवरदारी समेत गर्नुपर्ने महत्वपुर्ण कार्यभार प्रेस सेन्टरको रहेको बताए ।

भेलाले हरि नेपालीको अध्यक्षतामा ९ सदस्सीय पदाधिकारी सहित ५९ सदस्सीय कार्यसमितिको चयन गरेको छ ।

जसमा बरिष्ठ उपाध्यक्ष केजिन राई युरोप, उपाध्यक्ष तिलक मल्ल जापान, उपाध्यक्ष मनु श्रेष्ठ भारत, महासचिव दिपक जिसी भारत, सचिव दिल निशानी मगर ओशियाना, सचिव मेघराज सापकोटा पश्चिम एसिया, सचिव शान्ति बुढा भारत र कोषाध्यक्ष महेश कुमार खाती अमेरिकाज् रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा अर्जुन दयाल, रमेश खड्का, नारायण बिष्ट, दिपक पुन मगर, नारायण विक, अटल परियार, ललिता मलाति, बेल बहादुर पुन, चन्द्र मोहरा, गणेश बुढा, कमल राउत, महेन्द्र खाडु, उषा बुचा मगर , दीपक विक, प्रयाग राज भट्ट, लक्ष्मण खनाल, सन्तोष क्षेत्री, पुर्ण बिक, चन्द्र गोतामे, युवराज कार्की, निमेष गिरी, प्रेम परियार , छेसाङ लोप्चन असिम, युबराज फुयाल, रबिचन्द्र भट्टराई, सरिता शर्मा, बिमला लिम्बु, इन्दिरा चाम्लिंग, कृष्ण तिवारी, बिनोद अधिकारी, कर्मा पहाडी शेर्पा, मनिष तमु , सन्दिप सुनार, विनोद ढकाल, जिपी लामिछाने, अर्जुन लामिछाने, दुर्गा गुरुङ मिलन, कृष्ण प्रसाद नेपाल, तारा मिलन छन्त्याल, बाबुराम सापकोटा र प्रतिक सिग्देल रहेका छन् !

वि.सं.२०८० फागुन १६ बुधवार १७:५२ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...