back
CTIZAN AD

‘विकासका साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ’

वि.सं.२०८० फागुन १६ बुधवार

786 

shares

काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा हासिल भएका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

केन्याको नैरोबीमा मङ्गलबारदेखि सुरू भएको ‘युनाइटेड नेसन्स इन्भारमेन्ट एसेम्बली’को उद्घाटन सत्रमा मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै राष्ट्रसङ्घीय पद्धति, विश्व वन्यजन्तु कोषलगायत विकासका साझेदारसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

मन्त्री महतोको निजी सचिवालयका अनुसार नेपालको विकासका साझेदार तथा वातावरण संरक्षणमा सक्रिय संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय निकायसँगको सहकार्यमा ‘पारिस्थितिक प्रणाली पुनःस्थापनाका दशक’ कार्यक्रममा नेपाललाई सफलता मिलेको उल्लेख गर्दै मन्त्री महतोले यो सफलताले मानव–वन्यजन्तु द्वन्द्वमा चुनौती पनि खडा गरेको टिप्पणी गरे । उनले वासस्थानको पुनःस्थापनाको परिणामस्वरूप नेपाल पछिल्ला दशकमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएको बताए ।

साथै मन्त्री महतोले देशको विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्दै जलवायु परिवर्तनको सामना गर्दा मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर रहेका बताए ।

वि.सं.२०८० फागुन १६ बुधवार १७:५९ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...