back
CTIZAN AD

राष्ट्रिय फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै अठोट नेपाल

वि.सं.२०८० चैत ६ मंगलवार

1.7K 

shares

काठमाडौं । राजधानीमा आगामी जेठ ७ र ८ गते पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिताको आयोजना गरिने भएको छ । अठोट नेपालले सोमबार राजधानीमा पत्रकार संम्मेलन गरि पे्रजिटिङ नेपालले पर्यटन सम्मेलन तथा राष्ट्रिय फोटोग्राफी प्रतियोगिता २०२४ घोषणा गरेको हो ।

अठोट नेपालले बिगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रको प्रर्बद्धनको निम्ति काम गर्दै आएको छ । बिशेष गरि पर्यटन क्षेत्रमा जोश जागर भएका युवाद्धारा गठित उक्त संस्थाले गत बर्ष पनि प्रेजिटिङ नेपाल फोटोग्राफी प्रतियोगिता २०२२ कार्यक्रम गरेको थियो । कोभिड महामारीले थलिएको पर्यटन क्षेत्र कोभिड न्यूनिकरणसंगै पर्यटन क्षेत्र चलायमान हुन थालेपछि अठोट नेपालले पनि पर्यटन सम्मेलन तथा राष्ट्रिय फोटोग्राफि प्रतियोगिता २०२४ को घोषणा गरेको हो ।

अठोट नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ पर्यटन ब्यावसायी तथा सदभावनादूत लुम्बिनी कोषका बिक्रम पाण्डेले नेपालको पर्यटन प्रर्बद्धनको लागि नयाँपन दिनुपर्ने बताए ।

अर्गानिक खाना पनि पर्यटकको आकर्षणको माध्यम रहेको उनको भनाई थियो । पाण्डेका अनुसार कर्णाली तथा सुदुरपश्चिम क्षेत्र पर्यटकको लागि आकर्षण क्षेत्र रहेको र उक्त क्षेत्रमा पनि पर्यटक लैजान सरकारदेखि निजी संस्थाले समेत पहल गर्नुपर्ने बेला आएको बताए ।

कुनाकन्दरामा लुकेका संस्कृति, भेषभूषा, रहनसहन, बनसम्पदा, ताल तलैया तथा बन्यजन्तु लगायतलाई उजागर गरि पर्यटक भित्रयाउन सके स्थानीयको जीवनस्तरमा परिर्वतन आउने लुम्बिनी कोषका सद्भावना दुत पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार हुम्लाको लिमि लाप्चा क्षेत्रमा मानसरोवर दर्शनले गर्दा हुम्लामा पर्यटनमा चलायमान हुदै गएको पाइएको छ । अठोट नेपालका अध्यक्ष शाहीले पर्यटन सम्मेलन तथा राष्ट्रिय फोटोग्राफी प्रतियोगिता गर्दा पर्यटन क्षेत्रमा टेवा पुग्ने उनको भनाई छ ।

शहरी क्षेत्रमा पर्यटनलाई सिमित नराखेर ग्रामिण क्षेत्रलाई पनि पर्यटन प्रर्बद्धनमा जोड दिनुपर्ने समय आएको नेपाल पर्यटन क्षेत्र प्रर्बद्धक तथा सेभ द टाइगरका अभियन्ता अमरबहादुर शाहीले पत्रकार सम्मेलनमा बताए ।
प्रेजिटिङ नेपालले पर्यटन सम्मेलन तथा राष्ट्रिय फोटोग्राफी प्रतियोगिता गर्न लाग्दा सारै खुशी लागेको उनको भनाई छ । फोटोले पनि पर्यटकलाई घुम्न हौसला प्रदान गर्ने भएकोले नेपालमा फोटो प्रतियोगित आबश्यक देखिएको शाहीको भनाई छ ।

अठोट नेपालले गर्न लागेको प्रेजिटिङ नेपाल राष्ट्रिय फोटो प्रतियोगितामा बाताबरण, सांस्कृति जीवनशैली जिबजन्तु मान्छे लगायत बिधामा फोटो समाबेश गरिने बरिष्ठ फोटोग्राफर तथा मुल्याङ्कन समितिका भरतबन्धु थालाले जानकारी गराए । फोटो प्रतियोगिताको फोटो खिच्ने उत्साह भएका ब्यक्तिलाई हौसला प्रदान गर्ने उहाँको भनाई छ ।

नेपालको पर्यटन क्षेत्रलाई माथि उकास्न हामीले बिगत बर्ष देखि राष्ट्रिय तथा प्रदेशस्तरीय फोटो प्रतियोगिता गर्दै आएको र यो बर्ष पनि पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगता भब्यरुपमा गर्न लागेको अठोट नेपालका अध्यक्ष तथा प्रेजिटिङ नेपालका संयोजक देबेन्द्रबहादुर शाहीले पत्रकारलाई जानकारी गराए ।

फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट बिजेताले ५०÷५० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने उनको भनाई छ । संयोजक शाहीले भने, ‘यो बर्ष फोटो समिटको लागि ५ सय शुल्क तोकेका छौ । राम्रो फोटो आओस भन्ने हेतुले शुल्क तोकिएको हो ।’

वि.सं.२०८० चैत ६ मंगलवार १६:०२ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...