back
CTIZAN AD

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८० चैत ६ मंगलवार

2.1K 

shares

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र न्यूयोर्क राज्य कमिटीको सक्रियतामा न्युयोर्कमा बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारका महिला, बालबालिका एवं जेष्ठ नागरिक मंन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्युर्योमा रहेका ५३ संस्थाहरूको १०३ बढी प्रतिनिधिहरुको सहभागीतामा रहेको थियो ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ऋक्ध्–टड औ महासभामा सहभागी नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेकी मन्त्री चौधरीले नेपालको समसामयिक परिस्थिति, नेपाल सरकारको भुमीका र आगामी कार्यदिशाका बारेमा आफ्ना भनाई राखेकी थिइन् ।

कार्यक्रमका बिशेष अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य सभासद डा. बिन्दा पान्डेले ऋक्ध् को ६८ औ महासभा र यसमा नेपालका सरकारी एवं गैरसरकारी संघ सस्थाबाट सहभागीहरूको भुमीकाको बारेमा राखेकी थिइन् ।

अन्तरकृया कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा सभासद शान्ता चौधरीले आफु १८ बर्षसम्म कमलरी बस्नुपरेको अनुभव सुनाउँदै आफ्नो संघर्षपुर्ण जीबनमा झेल्नु परेका पीडा, नेपालको संबिधानसभा सदस्य हँुदा र आफुले पाएको जिम्मेवारी निर्बाह गर्दा भोगेको अनुभब सुनाउदै संयुक्त राष्ट्रसंघसम्मको यात्राका सुनाएकी थिइन् ।

उनले कार्यक्रममा सबै राजनीतिक आस्थाका नेताहरू, सबै संघ संस्थाका प्रमुख एवं प्रतिनिधहरू एउटै स्थानमा सहभागी भएकोमा खुसी व्यक्त गरिन् ।

प्रबासी नेपाली मंचका अन्तराष्ट्रिय अध्यक्ष संजय थापाले समग्र संगठन बिस्तारको अभियान र प्रबासमा प्रबासी नेपाली मंचको राष्ट्रिय र अन्तराष्ट्रिय भुमीकाका बारेमा राखेका थिए ।

त्यस्तै मन्च अमेरीकाका अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रम आयोजनाको उद्धेश्य, कार्यक्रम तयारी एवं ब्यबस्थापन सहित अतिथिहरूको समायोजन गरी मन्चको लक्ष्य र कार्यनीतिका बारेमा सहभागी एवं अतिथिहरूलाई जानकारी गराउदै कार्यक्रमको संयोजन गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि तथा राजदूत लोक बहादुर थापा, अमेरीकाका लागि पुर्ब राजदुत डा. अर्जुन कार्की, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्य सरस्वती नेपाली, युबासंघ नेपालका प्रबक्ता निरोज पौडेल लगायत संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी नेपाल सरकारका सचिब एवं अन्य प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

त्यस्तै न्यूयोर्कस्थित जनसम्पर्क समितिका महासचिब मुनिन्द्र नेवाड्ग, न्यूयोर्क डेमोक्र्याटिक क्लवका अध्यक्ष ज्ञान थापा, न्यूयोर्क मेयरका सल्लाहाकार नबराज केसी, जमैका नेपाली समाजका उपाध्यक्ष पुस्कर खनाल, रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेश भट्ट, एनआरएनए न्युर्योक च्याप्टर उपाध्यक्ष लक्ष्मी थापा, जनजाती महासंघका महासचिब दिपक चौधरी, जनजाती महासंघ महिला उपाध्यक्ष ममता राई, लायन्स क्लव अफ क्वीन्स काठमाडौंकी अध्यक्ष रश्मी श्रेष्ठ, हामी ग्लोबल नेपाली अमेरिकाका अध्यक्ष सोभाकान्त पान्डे, न्युयोर्कका अध्यक्ष बिरेन्द्र जंग केसी, सेर्पा संघ अमेरिकाका अध्यक्ष एपी सेर्पा, कलाकार महासंघ अध्यक्ष बसन्ती राई, कास्की समाजका अध्यक्ष डम्बर जंग गुरूड्ग, मन्चका अन्तराष्ट्रिय सल्लाहाकार फुरी सेर्पा, पर्यटनदूत प्रदिप श्रेष्ठ र केशबराम राई लगायत ५३ सस्थाका प्रतिनिघी एवं पत्रकारहरूको सहभागीता रहेको थियो ।

न्यूयोर्कमा अबस्थित अधिकार संस्थाकी कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले समग्र अमेरीकामा नेपालीले भोग्नु परेको समस्या र अधिकार संस्थाले गरेको सामाजिक एवं कानुनी सहयोगको बारेमा बताएकी थिइन् ।

कार्यक्रममा जनजाती महासंघका अध्यक्ष तोरण गुरूड्ग, एनआरएनएका क्षेत्रिय संयोजक आङछिरिङ शेर्पा, एनआरएनए न्युयोर्कका पुर्वसचिव बासु लामिछाने, गोरखाली समाज अमेरिकाका अध्यक्ष खाम भट्ट, मन्च न्युर्योकका राज्य कमिटिका सहसचिब शम्भु राई, अन्तराष्ट्रिय तामाङ परिषद् –उपमहासचिव लाक्यन लामा, मन्च अन्तराष्ट्रिय कमिटि सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा, महादेश सदस्य अशोक कार्की, धादिड्ग समाजका सदस्य सागर अधिकारी लगायतले पासर्पोट नबिकरण, भिषा प्रकृयामा कठिनाई, दोहोर नागरिकता, गैरआबासिय नागरीकता, नेपालमा चलिरहेको सरकार परिबर्तनको अबस्था र प्रभाब, जनजाती प्रतिको हेराई र संघियता कार्यान्वयनमा देखिएको अन्योलता एवं जनगुनासोका विषयमा आफ्ना भनाई राखेका थिए ।

 

नेपालमा खोलीने डलर एकाउन्ट युवा एवं प्राबिधिक ज्ञान, सिप र क्षमता भएका नेपालीहरूलाई नेपालमा नै राख्ने र बिदेशमा रहेका यस्ता क्षमतावान नेपालीलाई नेपाल फर्काउने सन्दर्भमा अतिथिलाई प्रश्न गरेका थिए ।

सहभागीहरूबाट जिज्ञास एवं सुझाबहरूका सन्दर्भमा कार्यक्रममा प्रमुख अतिथि चौधरी, अतिथिहरू डा. बिन्दा पान्डे र शान्ता चौधरीले सहभागीहरुको जिज्ञासाको जवापफ दिएका थिए ।

मन्च न्युयोर्क राज्य कमिटिका उपाध्यक्ष गोपी ढुड्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्च न्युर्योक राज्य कमिटी सचिब बलभद्र खडायतले संचालन गरेका थिए ।

छोटो समयमा नै आयोजित अन्तरकृया कार्यक्रममा सहभागी ५३ संघ सस्थाका प्रमुख एवं प्रतिनिधहरू, प्रमुख एवं बिशेष अतिथिहरूलाई अत्यन्तै महत्वपूर्ण भनाई र सहभागीताका लागि मन्च अमेरिकाका उपसचिब एवं उत्तर–पुर्बी ईन्चार्ज कृष्ण आचार्यले धन्यबाद ज्ञापन गरेका थिए ।

 

 

वि.सं.२०८० चैत ६ मंगलवार १६:०८ मा प्रकाशित

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...