back
CTIZAN AD

कोइरालाको १४औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

वि.सं.२०८० चैत ७ बुधवार

681 

shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाउँदै छन् ।

देशमा जारी माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय नेता कोइरालाको योगदानलाई स्मरण गर्दै कार्यक्रम हुन लागेका हुन् । सशस्त्र द्वन्द्वमा लागेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

विस २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफूअनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको आस्था घटेको थियो । त्यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले नै गर्नुभएको थियो । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

पूर्वप्रधानमन्त्री कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । आन्दोलन सफल भएपछि उनी चौथोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले विसं २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा ज्ञानेन्द्र शाहलाई सीमित गरेको थियो ।

नेता कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा भएको थियो ।

चारपटक मुलुकको प्रधानमन्त्री बनेका नेता कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास भएको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो ।

वि.सं.२०८० चैत ७ बुधवार ११:३३ मा प्रकाशित

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय सेवा स्थानान्तरणमा...

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती...

शेखर गोल्छा प्रकरणमा नाइमाको ध्यानाकर्षण, निष्पक्ष अनुसन्धान र प्रक्रियागत स्पष्टतामा जोड

शेखर गोल्छा प्रकरणमा नाइमाको ध्यानाकर्षण, निष्पक्ष अनुसन्धान र प्रक्रियागत स्पष्टतामा जोड

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...