back

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

वि.सं.२०८१ वैशाख ८ शनिवार

108 

shares
RBB AD
NTC AD

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । मध्यनेपाल नगरपालिका वडा नं. १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो ।

पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए । उनले दलित समुदायको पराम्परागत संस्कृति संरक्षणसँगै आयआर्जनमा पनि सहयोग पुग्ने उल्लेख गर्दै लोप हुँदै गएको मौलिक बाजा संरक्षण गर्न नगरपालिकाले दलित समुदायलाई बाजा हस्तान्तरणसँगै सीप सिकाउने अभियान पनि सुरु गरेको बताए ।

यसैबीच, सुन्दरबजारमा सञ्चालित दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शिविरमा दुई सय १७ जनाले सेवा लिएका सुन्दर बजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

सुन्दरबजार अस्पतालको आयोजना तथा सुन्दरबजार नगरपालिका वडा नं. ७ को सहयोगमा शिविर सञ्चालन गरिएको हो । त्यसमा धुलिखेल अस्पतालको प्राविधिक सहयोग रहेको उनले जानकारी दिए ।

 

वि.सं.२०८१ वैशाख ८ शनिवार ०७:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासिलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन...

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०...

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

काठमाडौँ । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको सङ्ख्या बढाउनुपर्नेमा...

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो  : उपप्रधानमन्त्री लामिछाने

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न...

कामपाद्वारा एक लाख बीमितको कार्ड जारी गर्दै

कामपाद्वारा एक लाख बीमितको कार्ड जारी गर्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख...

परीक्षा दिएर घर फर्किँदै गर्दा आक्रमणमा परी विद्यार्थी घाइते

परीक्षा दिएर घर फर्किँदै गर्दा आक्रमणमा परी विद्यार्थी घाइते

दमक (झापा) । झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते...