back

भरुवा बन्दुक बनाउँदै गर्दा दुई पक्राउ

वि.सं.२०७४ वैशाख २६ मंगलवार

429 

shares
IME Limited
NTC AD

 

२६ वैशाख, लमजुङ (बेँसीसहर) । भरुवा बन्दुक बनाउने दुई जनालाई लमजुङ बँेसीसहर–९, बिम्दाबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा बेँसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् । मध्यरातको समयमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो ।

निर्वाचन केन्द्रित सुरक्षा योजनाअनुसार गस्तीमा गएको प्रहरी टोलीले उनीहरूको साथबाट एउटा तयारी भरुवा बन्दुक र अर्को बनाउँदै गरेको भरुवा बन्दुक बरामद गरेको उहाँले बताउनुभयो ।
उनीहरूसँग तयारी बन्दुकको अनुमतिपत्र नभएको र कानुन विपरीत हतियार बनाइरहेको भेटिएकाले दुवै जनालाई हात हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिनुभयो ।

स्थानीय चुनाव लक्षित गर्दै यसअघि जिल्ला सुरक्षा समितिले इजाजत भएका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको थियो । प्रशासनले दिएको समयसीमा भित्र जिल्लामा ६३ जनाले हतियार बुझाएका छन् । रासस

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०२:५५ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...