back
CTIZAN AD

भरुवा बन्दुक बनाउँदै गर्दा दुई पक्राउ

वि.सं.२०७४ वैशाख २६ मंगलवार

840 

shares

२६ वैशाख, लमजुङ (बेँसीसहर) । भरुवा बन्दुक बनाउने दुई जनालाई लमजुङ बँेसीसहर–९, बिम्दाबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा बेँसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् । मध्यरातको समयमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो ।

निर्वाचन केन्द्रित सुरक्षा योजनाअनुसार गस्तीमा गएको प्रहरी टोलीले उनीहरूको साथबाट एउटा तयारी भरुवा बन्दुक र अर्को बनाउँदै गरेको भरुवा बन्दुक बरामद गरेको उहाँले बताउनुभयो ।
उनीहरूसँग तयारी बन्दुकको अनुमतिपत्र नभएको र कानुन विपरीत हतियार बनाइरहेको भेटिएकाले दुवै जनालाई हात हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिनुभयो ।

स्थानीय चुनाव लक्षित गर्दै यसअघि जिल्ला सुरक्षा समितिले इजाजत भएका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको थियो । प्रशासनले दिएको समयसीमा भित्र जिल्लामा ६३ जनाले हतियार बुझाएका छन् । रासस

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०२:५५ मा प्रकाशित

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...