back
CTIZAN AD

कैलाली जिल्ला क्रिकेट एकेडेमी ८२ रनले पराजित

वि.सं.२०७४ वैशाख २६ मंगलवार

660 

shares

२६ वैशाख, धनगढी । कैलालीको अत्तरियामा जारी ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’मा विभागीय टोली एपिएफले सोमबार कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गरेको छ ।

अत्तरियास्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा पाँच विकेट क्षतिमा १५० रन बनायो । टिमका लागि करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ बलको सामना गर्दै उनले एक छक्का र ६ चौका प्रहार गरिन् । टिमका लागि १५ बल खेल्दै तीन चौकाको मद्दतले विनु बुढामगरले २१ रन र ममता चौधरीले १५ रन बनाइन् ।

दोस्रो विकेटका लागि ज्योति र सरिता मगरले ३२ रन, तेस्रो विकेटका लागि ज्योति र करुणाले ३५ रन तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको महत्वपूर्ण साझेदारी गरे ।

कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कँुवरले तीन विकेट लिइन् ।

यस्तै अञ्जली चन्द र लक्ष्मी साउदले १/१ विकेट लिइन् । कैलालीका लागि सुमन विष्टको बलिग भारी भयो । एक ओभरमा २३ रन दिएकी उनले आफूले गरेको ४ ओभरमा ४७ रन खर्चिन् ।

एक सय ५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमी ६८ रनमा समेटियो । टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

एपिएफको जितमा विनु बुढामगरले ३ विकेट लिइन् । सरिता मगर र सीता रानामगरले दुई÷दुई विकेट लिए भने करुणा भण्डारी र रितु कनौजीयाले १÷१ विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान विनु बुढामगर ‘वुमन अफ द म्याच’ घोषित भए । उनी नगद रु तीन हजार हात पारिन् । त्यस्तै खेलमा १/१ छक्का प्रहार गरेकी एफिएफकी करुणा भण्डारी र इन्दु बर्माले नगद रु पाँच÷पाँच सय प्राप्त गरिन् । रासस

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०३:११ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...