back
CTIZAN AD

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ‘क्याथ ल्याब’ सेवा सञ्चालनमा

वि.सं.२०७४ वैशाख २६ मंगलवार

804 

shares

२६ वैशाख, बुटवल। मुटु रोगीका लागि अत्यावश्यक ‘क्याथ ल्याब’ सेवा बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सुरु भएको छ ।

विगत १५ दिनदेखि सो सेवा सञ्चालन आए पनि सोमबार मात्र त्यसको औपचारिकता दिएको सो अस्पतालले जनाएको छ ।

सो सेवाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले यस क्षेत्रका हजाराँै बिरामीलाई छोटो अवधिमै स्तरीय सेवा प्रदान गर्नु र अतिविपन्न तथा गरिब बिरामीलाई निःशुल्क उपचार सेवा दिएर राज्यले गर्नुपर्ने दायित्व पूरा गरेकोप्रति अस्पताललाई धन्यवाद दिनुभयो ।

हरेक वर्ष सेवा बिस्तार हुँदै जाँदा अस्पताल साँघुरो भएको बताउँदै उहाँले यसलाई यस क्षेत्रकै नमूना अस्पतालको रुपमा विकास गर्न सम्बन्धीत पक्षलाई आग्रह गर्नुभयो ।

अस्पतालका अध्यक्ष एजाज आलमले गङ्गालाल हृदयरोग केन्द्रले लिँदै आएको शुल्कअनुरुप नै यो मुटु अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आएको बताउँदै रु पाँच हजार लाग्ने भेन्टिलेटर शुल्कमा रु चार हजार र रु दुई हजार ५०० शुल्क लाग्ने सिसियुको रु दुई हजार कायम गरिएको जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समीर गौतमले क्याथ ल्याब सेवा सुरु हुनु मात्र मुटुको पूर्ण उपचार नभएको भन्दै जग्गाप्राप्तीसँगै आफ्नै भवन र मुटुको सम्पूर्ण उपचार दिनेगरी सेवा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताउनुभयो ।

रोटरी डिस्टिक ३२९२ का नोमिनी गभर्नर चिन्तामणि भट्टराई, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मी, नेकपा (एमाले)का केन्द्रीय सदस्य लीला गिरी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव शर्मा, स्वास्थ्य तथा चिकित्साशास्त्र व्यवस्थापन विभागका डा रामराज पन्थी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण मास्के लगायतले अस्पताल र त्यसले प्रदान गर्ने सेवाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०२:५३ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...