back

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ‘क्याथ ल्याब’ सेवा सञ्चालनमा

वि.सं.२०७४ वैशाख २६ मंगलवार

423 

shares
IME Limited
NTC AD

२६ वैशाख, बुटवल। मुटु रोगीका लागि अत्यावश्यक ‘क्याथ ल्याब’ सेवा बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सुरु भएको छ ।

विगत १५ दिनदेखि सो सेवा सञ्चालन आए पनि सोमबार मात्र त्यसको औपचारिकता दिएको सो अस्पतालले जनाएको छ ।

सो सेवाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले यस क्षेत्रका हजाराँै बिरामीलाई छोटो अवधिमै स्तरीय सेवा प्रदान गर्नु र अतिविपन्न तथा गरिब बिरामीलाई निःशुल्क उपचार सेवा दिएर राज्यले गर्नुपर्ने दायित्व पूरा गरेकोप्रति अस्पताललाई धन्यवाद दिनुभयो ।

हरेक वर्ष सेवा बिस्तार हुँदै जाँदा अस्पताल साँघुरो भएको बताउँदै उहाँले यसलाई यस क्षेत्रकै नमूना अस्पतालको रुपमा विकास गर्न सम्बन्धीत पक्षलाई आग्रह गर्नुभयो ।

अस्पतालका अध्यक्ष एजाज आलमले गङ्गालाल हृदयरोग केन्द्रले लिँदै आएको शुल्कअनुरुप नै यो मुटु अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आएको बताउँदै रु पाँच हजार लाग्ने भेन्टिलेटर शुल्कमा रु चार हजार र रु दुई हजार ५०० शुल्क लाग्ने सिसियुको रु दुई हजार कायम गरिएको जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समीर गौतमले क्याथ ल्याब सेवा सुरु हुनु मात्र मुटुको पूर्ण उपचार नभएको भन्दै जग्गाप्राप्तीसँगै आफ्नै भवन र मुटुको सम्पूर्ण उपचार दिनेगरी सेवा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताउनुभयो ।

रोटरी डिस्टिक ३२९२ का नोमिनी गभर्नर चिन्तामणि भट्टराई, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मी, नेकपा (एमाले)का केन्द्रीय सदस्य लीला गिरी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव शर्मा, स्वास्थ्य तथा चिकित्साशास्त्र व्यवस्थापन विभागका डा रामराज पन्थी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण मास्के लगायतले अस्पताल र त्यसले प्रदान गर्ने सेवाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०२:५३ मा प्रकाशित

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै...