Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै एमाले उम्मेदवारहरुसँग स्पष्टीकरण माग



 

२६ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) तर्फबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवार अम्बिका रुपाखेतीसँग चौबीस घन्टे स्पष्टीकरण सोधेको छ ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको सिलसिलामा एमाले उम्मेदवारले सोमबार तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवम् दल र निर्वाचन चिह्नसहितको टि–सर्टलगायत निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ विपरीत मोटरसाइकल ¥याली निकालेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न आदेशानुसार अनुरोध छ ।”

धादिङको निर्वाचन तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन सोमबार धादिङबेँसी पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव स्वयम्ले स्थानीय सिम्लेमा उम्मेदवारहरूले आचारसंहिता विपरीतका गतिविधि गरेको फेला पार्नुभएको थियो । सो क्रममा डा यादवले तत्काल ¥याली रोक्नसमेत निर्देशन दिनुभएको थियो ।

यस्तै आयोगले फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गरी आचारसंहिताको उल्लङ्घन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक सीता नेपालीसँग पनि स्पष्टीकरण सोधेको छ । सचेतक नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै ‘माओवादी केन्द्र–१४५, नेपाली काँग्रेस–१३५, नेकपा (एमाले)–२५, राप्रपा–२ र नयाँ शक्ति–१’ ठाउँमा निर्विरोध सदस्य निर्वाचित भएको गलत सूचना फेसबुक स्टाटसमा राखेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको