back

शुक्लाफाँटामा बाघको संख्या बढे

वि.सं.२०८१ वैशाख ११ मंगलवार

105 

shares
RBB AD
NTC AD

दोधारा चाँदनी, (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

“यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउछन् । “शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्”, उनले भने ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

 

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णयहरु गरेको छ ।...

सरकारले माग गरेमा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

सरकारले माग गरेमा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौँ । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न...

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न...

सुदूरपश्चिमसहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

सुदूरपश्चिमसहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सिम्रिक एयरले डढेलो निभाउन सघाउने

सिम्रिक एयरले डढेलो निभाउन सघाउने

काठमाडौँ । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न...

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने...