सुरेशकुमार पाण्डे, दाङ, घोराही
१.
छाडौँ आजै कुनै छ भने नराम्रो बानी
न हिचकिचाऊँ र नगरौं आनाकानी ।
२.
कुरीति पाखा लागेन दिन्छन् पशुको बली
मनमा पाप साँचेर हिँड्छन् खरानी दली ।
३.
विचारमा पारदर्शी व्यवहारमा अटल
देशको हितमा हुनै पर्छ दिनौँ छलफल ।
४.
बिलो मिलेमा विलय हुन्छन् उनि पनि
नमिले सदन सडकमा रुन्छन् तनी ।
५.
मानिस भित्र एउटा प्रतिभा हुनै पर्छ
जसले देशवासी सबैको हित गर्छ ।
वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:२० मा प्रकाशित






























