back
CTIZAN AD

गजल

वि.सं.२०८१ वैशाख २२ शनिवार

1.6K 

shares

केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा

धरा धाम सारा ढलेको छ मेरो
हियोमा सुनामी चलेको छ मेरो

लडाएर घोप्टो छुरा धस्छु भन्छौ
तिमी माथि शङ्का जलेको छ मेरो

लगातार चर्काे खुराफात झेल्दा
मनोभाव औधी गलेको छ मेरो

छरेँ बीज मैले सुधा फल्छ भन्दै
त्यही वृक्षमा बिख फलेको छ मेरो

थियो प्रीत ऐना खस्यो त्यो अचानक
दशा दीप उज्जर बलेको छ मेरो ।

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ १२२ १२२ १२२
काफिया बन्धन : एको
रदिफ : छ मेरो

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...