back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ वैशाख २२ शनिवार

1.4K 

shares

रामचन्द्र दाहाल, कपन

१.
बेनी बजार
सानो देश नेपाल
ब्वाँसा हजार ।

२.
दले हाँसेको
धोबी खोला बगर
किन मासेको ?

३.
तामे ढुकुर
खाइसके नेपाल,
मार कुकुर ।

४.
निम्बु अचार
राष्ट्र झण्डा बाल्ने को ?
खोजी पछार ।

५.
नेता नाचेर
निल्न आँटे ढुकुटी,
सबै हाँसेर ।

६.
सधैँ आहत
खोसी खाए छातेले,
हाम्रो राहत ।

७.
गर ! भाषण
भुँडी फुट्ला नेताजी,
छोड राशन ।

८.
मोही ढुङ्ग्राको
परिश्रम दैनिकी,
रोटी भुङ्ग्राको ।

९.
खाऊ ! ओखती
कोरोनाको ओखती,
थापी बोगती ।

१०.
हाम्री भाउजू
सुनैसुन्को महल
सुनै पाउजु ।

 

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:२१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...