back

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

वि.सं.२०८१ वैशाख ११ मंगलवार

210 

shares
RBB AD
NTC AD

मान्म (कालीकोट) । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् ।

पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ ।

स्थानीय शिवराज सेजुवाल पटकपटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिए पनि आधिकारिक अभिलेख राख्ने निकायले ध्यान नदिँदा पर्यटन प्रवद्र्धनका कामसमेत हुन नसकेको बताउछन् । “यो झरना नेपालकै लामो हो भन्ने देखिएको छ तर त्यसको आधिकारिक अभिलेख राखिएको छैन । यदि सो अभिलेख राखी झरनाको संरक्षण, विकास तथा पर्यटन प्रवद्र्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्नसक्छ र यसतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ”, उनले भने ।

पचाल झरना गाउँपालिकाका प्राविधिक इञ्जिनियर कुलप्रसाद न्यौपानले पनि झरना यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना (तीन सय ६५ मिटर) भन्दा अग्लो रहेको बताए । यो झरना चार सय १५ मिटर अग्लो रहेको उनको भनाइ छ ।

“गाउँपालिकाले गरेको सर्वेक्षणमा पचालझरना खसेको ठाउँदेखि तल ठोक्किएको ठाउँसम्म तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँसमेतको दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको पाइयो”, न्यौपानेले भने “पर्यटन बोर्डले यसलाई मान्यता दिएमा सबैको ध्यानाकर्षण हुन्थ्यो । जसले पर्यटन प्रवद्र्धनका काम गर्न पनि सहज हुने हाम्रो बुझाइ छ ।”

गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले गाउँपालिकाले झरनासम्म पुग्नका लागि पैदलमार्ग, होमस्टे र सूचना केन्द्र स्थापना गरे पनि अन्य निकायबाट सहयोग नपाइएको गुनासो गरे ।

“नेपाल पर्यटन बोर्डले अग्लो झरना भनेर अभिलेख नराखिदिँदा प्रचारप्रसार गर्न सकिएको छैन । त्यसैकारण कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने यो झरना ओझेलमा परेको छ”, अध्यक्ष शाहीले भने । यो झरना सन् २०२० मा सरकारको सय गन्तव्यभित्र परेको थियो । रासस

 

वि.सं.२०८१ वैशाख ११ मंगलवार १६:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णयहरु गरेको छ ।...

सरकारले माग गरेमा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

सरकारले माग गरेमा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौँ । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न...

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न...

सुदूरपश्चिमसहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

सुदूरपश्चिमसहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सिम्रिक एयरले डढेलो निभाउन सघाउने

सिम्रिक एयरले डढेलो निभाउन सघाउने

काठमाडौँ । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न...

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने...