back

सभामुख घिमीरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

वि.सं.२०८१ वैशाख २४ सोमवार

147 

shares
RBB AD
NTC AD

काठमाडौँ । सभामुख देवराज घिमिरले भोलि विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन सुरु हुनु अघि छलफलका लागि बैठक बोलाएका हुन् ।

सभामुख घिमिरले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुङ्ग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग–अलग छलफल भएको थियो ।

संसदको बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुँदैछ । संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकहरुसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग–अलग भेट गरिरहेका छन् । आफू सभामुखमा निर्वाचित भएको १५ महिनामा घिमिरेले नौ पटक शीर्ष बैठक बसेको छ ।

 

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिङ्गो गाउँलाई नै घरबास घोषणा

सिङ्गो गाउँलाई नै घरबास घोषणा

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास...

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका...

रक्तदान गर्दै ताकुकोट समाज

रक्तदान गर्दै ताकुकोट समाज

काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले यही जेष्ठ शनिवार...

महानगरले चलायो गौशाला चोकका घरमा डोजर

महानगरले चलायो गौशाला चोकका घरमा डोजर

काठमाडौं । काठमाडौं महानगरले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी...

प्रहरी जवान घिमिरेको हत्या आरोपमा छ जना पक्राउ

प्रहरी जवान घिमिरेको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको...