back
CTIZAN AD

तपाईको आज वैशाख २५ गते, मंगलवारको राशिफल भन्छ-आज यी ७ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८१ वैशाख २५ मंगलवार

3.1K 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समय फुर्सदिलो रहनेछ। रचनात्मक काम गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा खर्च हुन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम बनाउन खर्च र दौडधुप गर्नुपर्ने हुन सक्छ। कतिपय सामान जोहो गर्न र अनावश्यक किनमेलमा पनि अधिक खर्च हुनेछ। पेसा–व्यवसायमा कम आम्दानी हुने समय छ। उधारोमा व्यापार गर्नुपर्ला। अरूका लागि रकम खर्चनुपर्ने हुन सक्छ। घर र आफन्तबाट टाढा भइनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। पछिका लागि गरिएका कामबाट भने फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। तारिफयोग्य काम सम्पादन गर्दै नाम र दाम आर्जन गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ–सहयोग पाइनेछ। आसलाग्दो काम रोकिनाले चिताएको फाइदा नहुन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। दाम्पत्य सुमधुर रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि दगुर्दा व्यर्थैमा दुःख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य–चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। नयाँ काममा हतार नगर्नुहोला। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले अभिभावकसँग सल्लाह लिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। अवसरवादीहरूले साइनो गाँसेर लाभ उठाउने चेष्टा गर्नेछन्। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। नियमित काम सम्पादन भए पनि विशेष काम थाल्न हतार नगर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम सुरु गर्न पनि सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला। अवसर प्राप्त भए पनि समयमा काम गर्न नसक्दा पछि परिनेछ। व्यवसाय र अध्ययनमा धेरै समय दिन नसकिएला। नयाँ काम थाल्नुअघि शुभचिन्तक तथा प्रियजनको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थअभाव देखापर्न सक्छ।

२०८१ वैशाख २५ गते, मंगलवार (७ मे २०२४)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०५:३८ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...