back
CTIZAN AD

जलवायु परिवर्तन : सगरमाथा आधार शिविर भासिँदै

वि.सं.२०८१ वैशाख २५ मंगलवार

888 

shares

सल्लेरी (सोलुखुम्बु) । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ ।

तापक्रम वृद्धिको नयाँ गतिले दुई डिग्री सेल्सियस नाघ्ने जानकारहरुको प्रक्षेपण वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । सगरमाथा क्षत्रेका खुम्बु हिमनदी छोटिँदै गएका छन् । यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष बरफ बिलाउँदै गएको जनाइएको छ ।

सगरमाथा आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरुको अनुभव छ । आरोहीले आफूले लगेका खानेकुरा तथा बन्दोबस्तीका सबै सामग्रीहरू आधार शिविरमै छोडेर फर्किने गरेका छन् जसका कारण आधार शिविरमा फोहोरको मात्रा बढ्दै गएको र यसले पनि यहाँको तापमानमा असर गरेको छ ।

पछिल्लो एक दशकमा सगरमाथा आधार शिविर भासिँदै गएको करिब १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका साङ्गे शेर्पाले बताए । यसका कारण आधार शिविर क्रसर उद्योगजस्तो देखिन थालेको उनको भनाइ छ । “सगरमाथासहितका यस क्षेत्रका हिमालहरु कालो बन्दै गएको, हिमालमा जति हिउँ हुनुपर्ने हो त्यस्तो छैन । बेस क्याम्प नै पनि धेरै परिवर्तन भएको छ, बेस क्याम्प वर्षैपिच्छे खाल्डोमा परिणत हुँदै गएको छ, यो त राम्रो हैन नि,” पर्यटन व्यवसायी शेर्पाले भने ।

आधार शिविरमा पहिलो जाने क्रम बढ्दै गएको स्थानीय जानकारहरु बताउँछन् । विगतमा सम्म अवस्था रहेको आधार शिविरमा अहिले जताततै पहिरोका कारण खाल्दो देखिएको आधार शिविरमा भेटिएका अर्का व्यवासायी पेमारिन्जी शेर्पाले बताए । “मलाई नै थाहा हुँदा पनि उहाँ बेस क्याम्प निकै चाउर थियो, सम्म परेको थियो तर अहिले त पूरै खाल्डोजस्तो भएको छ, पहिरोले गरेर यहाँको ग्लासियरहरु पनि घटदै गएको छ,” उनले भने ।

जलवायु परिवर्तनको असरले खुम्बु क्षेत्रको हिमालमा मात्रै नभएर बालीनाली र जनजीवनमा समेत प्रभाव परेको स्थानीयवासी बताउँछन् । विगतमा गहुँ, फापर, जौजस्ता बालीहरु प्रशस्त उत्पादन हुने खुम्जुङ, थामेलगायत ठाउँहरुमा पछिल्लो समय उब्जाउन नै नहुने गरेको खुम्जुङकी पासाङल्हामु शेर्पाले बताइन् । उब्जाउ शक्ति घटेसँगै खेती गर्ने कृषक नहँुदा अधिकांश बारीहरु बाँझो हुने क्रम बढेको उनको भनाइ छ । “यो खुम्जुङ क्षेत्रमा पहिला कति धेरै उवा, जौ, फापरहरु खेती हुन्थ्यो तर अहिले त रोपे पनि खासै फल्दैन त्यसैले होला अहिले त खेती गर्नै छोड्यो, सबै बारीहरु बाँझै छ अब त,” पासाङ ल्हामुले भने ।

केही वर्षयता हिमाली भेगका महिलामा प्रजननसम्बन्धीका समस्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । महिनावारीको अवधि लम्बिने तथा बाँझोपनाको समस्या समेत बढी देखिने गरेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताइन् । कतिपय महिलाहरु स्वास्थ्य समस्या पालेरै बस्ने गर्दछन् भने स्वास्थ्य संस्था पुग्ने महिलामा प्रजनन समस्या लिने आउने गरेको उनको भनाइ छ । हिमालमा बेमौसमी हिमपातको क्रम बढ्दै गएको छभने तापक्रमसमेत अस्वाभाविक रुपमा बढ्दै गएको स्थानीयको अनुभव छ । मङ्सिर, पुस, माघमा हिउँ नपरेर चैत, वैशाखमा हिउँ पर्ने गरेको लबुचेका सङ्गम राईले बताए ।

“यस वर्ष पनि चैत, वैशाखमा धेरै हिमपात भयो, जबकि त्यो हिमपात पुस, माघमा हुनुपथ्र्यो, समय त कति फेरियो फेरियो भनेर साध्यै छैन्,” उनले भने । शक्ति राष्ट्रहरुले सञ्चालन गरेको उद्योगहरुको असर हिमाली क्षेत्रमा परेको वातावरणविज्ञ डा राजन थापाको भनाइ छ । यही तवरबाट निरन्तर अघि बढ्ने हो भन्ने नेपालका हिमालहरु केही दशकमै सङ्कटमा पर्न सक्ने उनको चिन्ता छ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विश्व समुदाय नै अग्रसर हुनुको विकल्प नरहेको उनको तर्क छ ।
रासस /फाइल फोटो

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:०९ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...