back
CTIZAN AD

परिक्षा नियन्त्रण कार्यालयको गम्भिर त्रुटी, कोर्षमा नै नभएको विषयको प्रस्न सोधियो

वि.सं.२०८१ वैशाख २६ बुधवार

2.2K 

shares

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले सन्चालन गरेको कक्षा १२ को ‘विजनेस म्याथ’को प्रस्न–पत्र कोर्ष बाहिरबाट सोधिएको पाईएको छ ।
गत शुक्रबार सन्चालित कक्षा १२ को सो विषयको प्रस्न–पत्र कोर्षभन्दा बाहिरबाट सोधिएको सो विषयको कोर्ष डिजाइनमा संलग्न प्रध्यापकहरुले आरोप लगाएका छन् ।

कोर्ष डिजाइनमा संलग्न प्राध्यापकहरुका अनुसार सो विषयको प्रस्न पत्रमा सोधिएका प्रश्न नं. ५, १३(ए), १४, र २२(बी) कोर्षभन्दा बाहिरबाट सोधिएको आरोप लगाएका हुन् । सोधिएका प्रस्नहरु १० नम्बरका छन्।

‘म लगायतका प्राध्यापकहरुले अहिले पढाई भैरहेको कक्षा १२ को बिजनेस म्याथको कोर्ष डिजाइन गरेका हौ,‘ प्रध्यापक डा.एके चौधरीले भने, ‘परिक्षा नियन्त्रण कार्यालयले कोर्ष बाहिरबाट प्रस्न सोधेर गम्भिर गल्ति गरेको छ ।’

कोर्ष बाहिरबाट प्रस्न पत्र सोधिएको विषयमा परिक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउँदा गैर जिम्मेवार बनेको आरोप चौधरीले लगाए ।
वैशाख १६ गतेबाट सन्चालन भएको कक्षा १२ को परिक्षा बुधबार सकिएको छ ।

मिथ्या आरोप : परिक्षा नियन्त्रक

कोर्ष बाहिरबाट प्रस्न पत्र तयार गरिएको भन्ने विषय मिथ्या आरोप भएको परिक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताएका छन् ।
क्रक्षा १२ को बिजनेस म्याथमा सोधिएका कुनै पनि प्रस्नहरु कोर्ष भन्दा बाहिरबाट नसोधिएको उनले प्रस्ट पारे ।

‘म आफैंले प्रस्न पत्र बनाउने त होइन,’ शर्माले भने, ‘तर प्रस्न उठेपछि सम्बन्धित विषय विज्ञहरुको टिम बनाएर छलफल गर्दा कोर्ष बाहिरबाट प्रस्न नसोधिएको पाईयो ।’

साथीहरुले लेखेका किताहरुबाट प्रस्न पत्र नबन्दा साथीहरुलाई औडाहा भएर यस्तो कार्य गरेको हुनसक्ने शर्माले आरोप लगाए । शर्माका अनुसार कोर्ष बाहिरबाट प्रस्न–पत्र निर्माण गरिएको भनेर अहिलेसम्म कसैले पनि लिखित निवेदन दर्ता नै गरेको छैन ।

उनले आरोप लगाउने साथीहरु अहिले कक्षा १२ को कुनै कोर्ष डिजाइनमा सहभागि नभएको पनि संसार न्यूजलाई बताए ।

वि.सं.२०८१ वैशाख २६ बुधवार २२:०० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...