back
CTIZAN AD

इजराइलद्वारा गाजा सहायताका लागि केरेम शालोम सीमा खुल्ला

वि.सं.२०८१ वैशाख २६ बुधवार

792 

shares

जेरुसेलम । चार सैनिकको मृत्यु हुनेगरी भएको रकेट हमलाको जवाफमा केरेम शालोम सीमा क्रसिङ बन्द गरेको चार दिनपछि इजराइलले बुधबार गाजाका लागि मानवीय सहायताका लागि उक्त सीमा पुनः खोलेको बताएको छ ।

अन्तर्राष्ट्रिय समुदायले दान गरेको खाना, पानी, आश्रय उपकरण, औषधि र चिकित्सा उपकरणसहित मानवीय सहायता बोकेका इजिप्टबाट ट्रकहरू क्रसिङमा आइपुगेको सेनाले प्यालेस्टिनी नागरिक मामिला निरीक्षण गर्ने रक्षा मन्त्रालयको निकाय कोगाटसँगको संयुक्त विज्ञप्तिमा जनाएको छ । निरीक्षण गरेपछि क्रसिङको गाजा छेउमा आपूर्ति हस्तान्तरण गरिने सेनाले जनाएको छ ।

इजराइल र उत्तरी गाजाबीचको इरेज सीमा पनि प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणका लागि खुला रहेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार हमासको रकेट आक्रमणमा चार जना सैनिक मारिनुका साथै एक दर्जनभन्दा बढी घाइते भएपछि केरेम शालोम क्रसिङ बन्द गरिएको थियो ।

मङ्गलबार इजराइली सेनाले सहरको पूर्वी क्षेत्रमा आक्रमण गरेपछि गाजा र इजिप्टबीचको रफाह क्रसिङको प्यालेस्टिनी हिस्सा नियन्त्रण कब्जा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घ र इजराइलको कट्टर सहयोगी संयुक्त राज्य अमेरिका दुवैले अनिकालको सामना गरिरहेका नागरिकहरूका लागि जीवनरेखा भएका दुई क्रसिङ बन्दको निन्दा गरेका छन् । (रासस/एएफपी)

वि.सं.२०८१ वैशाख २६ बुधवार १६:३५ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...