back
CTIZAN AD

नख्खु करिडोरका स्थानीय भन्छन्-टिपरको चर्को आवाजले हामी रोगी हुन लागिसक्यौँ

वि.सं.२०८१ वैशाख २७ बिहीवार

834 

shares

ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्तीको नख्खु खोला करिडोरमा रातभरि टिपर गुड्दा स्थानीयले निन्द्रा नपर्ने गुनासो गरेका छन् । लालितपुरको टीकाभैरवको ढुङ्गाखानीबाट सञ्चालन हुने टिपरका कारण ललितपुर–४ नख्खु खोला पुलबाट रानेबुसम्म बस्तीका बासिन्दा टिपरको कारण समस्यामा परेका हुन् ।

अन्य ठाउँमा पक्की सडक भए पनि नख्खु खोला करिडोरको करिब दुई किलोमिटर सडक पक्की छैन । पक्की सडक नहुनु र बस्तीछेउबाट रातभरि टिपर गुड्दा आफूहरूले सास्ती भोगिरहेको स्थानीय बताउँछन् ।

बस्ती छेउबाट टिपर गुडाउनलाई सडक पक्की र व्यवस्तित गरिदिन पटक–पटक ललितपुर जिल्ला प्रशासन र महानगरलाई अनुरोध गरे पनि आश्वासनमा मात्र सीमित रहेको ललितपुर–१३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, “बस्ती छेउबाट करिब पाँच सयभन्दा बढी टिपर रातभरि गुड्छन् । स्थानीयले रातभरि निद्रा नपर्ने गुनासो गर्दै आएका छन् । बिहानपख बस्ती धुलैधुलोले भरिएको देखिन्छ ।”

उपत्यकाको बागमती नदी करिडोरसहित अन्य नदीको करिडोर व्यवस्ति भए पनि नख्खुखोला करिडोर अस्तव्यस्त रहेको वडाध्यक्ष केसीले बताए । बस्ती छेउबाट टिपर गुड्ने सडक व्यवस्थित गर्नका लागि स्थानीयले आन्दोलन गरेर सडक बन्द गरे पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।

विसं २०७२ को भूकम्पलगत्तै बस्ती छेउबाट टिपर गुड्न सुरु भएकोभन्दै हालसम्म पनि सडक व्यवस्थित नहुँदा स्थानीयले सास्ती खेपिरहेको रामनारायण महतोले बताए । उनले दुःखेसो पोख्दै भने, “धुलो र टिपरको चर्को आवाजका कारण हामी रोगी हुन लागिसक्यौँ । करिब पाँच सयभन्दा बढी टिपर .रातभरि गुड्दा सडक थर्किन्छ र घर ढल्ने चिन्ताले निन्द्रा लाग्दैन । बालबालिकादेखि ज्येष्ठ नागरिक समस्या छन् । हामीले महानगरमा निवेदन गर्दा, सडक बन्द गरेर आन्दोलन गर्दा पनि पीडा बुझिदिने कोही भएनन् ।”

ललितपुर–१३ कुसुन्तीका प्रतीक गुप्ताले भने, “टिपरको आवाजका कारण रातमा निद्रा पर्दैन । यस्तै भइरहे बालबालिकाको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्ने निश्चित छ ।” करिब दुई सयभन्दा बढी घरधुरीले बस्ती छेउको कच्ची बाटोमा टिपर गुड्दा सास्ती खेप्नुपरेको बताउँदै आएका छन् ।

आफ्ना समस्या लिएर अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय पुगेर गुनासो पोख्दा पनि समस्याको सामाधान नभएको स्थानीय बताउँछन् । नख्खु करिडोरमा टिपर गुडाउन बन्द नगरे पनि सडक पक्की र व्यवस्थित गराउनुपर्ने उनीहरुको माग छ ।

 

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:२६ मा प्रकाशित

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...