महेश दाहाल । खोटाङ सेवा समाज कतारको १२औ अधिवेशन ३१ मे २०२४ मा सम्पन्न हुने भएको छ ।
कतारको नेपाली सामाजिक सस्थाहरु मध्ये जेठो सस्थाको रुपमा स्थापित खोटाङ सेवा समाज कतारको एघारौ कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै १२ औ अधिवेशनको लागि सस्थाका पदाधिकारिहरु तिब्र तयारिमा जुटेका छन् ।
प्रवासको पसिना स्वदेशको साकार सपना भन्ने मुल नारा सहित सन १९९८ जनवरी ३१ मा स्थापना भएको सस्थाले विभिन्न आरोह अवरोहहरु पार गर्दै १२ औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृहजिल्ला खोटाङ र कतारमा सामाजिक कार्यमा सकृय सस्थाले शिक्षा स्वास्थ्य र खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गरिसकेको सस्थाका प्रमुख सल्लाहकार रुद्र शर्माले बताएका छन् ।
विभिन्न पेशा ब्यवसायमा आवद्ध खोटाङेहरुको भब्य उपस्थिति रहने अपेक्षा सहित सस्थाको १२औ अधिवेशन प्लाजा मलको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा आयोजना गरिएको महासचिव पर्शुराम श्रेष्ठ ‘पवन’ले बताएका छन् । साथै अन्य ब्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको हँुदा कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाइ कार्यक्रममा उपस्थित भएर भब्य रुपले सफल बनाइदिन अध्यक्ष कैलाश श्रेष्ठले अनुरोध गरेका छन् ।
सस्थाको अधिवेशनलाइ मध्यनजर गर्दै साधारण सदस्यता खुल्ला गरिएको हँुदा कतारमा रहेका सम्पूर्ण खोटाङेहरुलाइ यथाशीघ्र सदस्य बन्न तथा सदस्यता नविकरण गर्न सस्थाको फेसबुक पेज मार्फत सुचित गरिएकोले स्वतस्फूर्त ढङ्गले सस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्न उपाध्यक्ष डिल्लिशेर खड्काले अनुरोध गरेका छन् ।
सास्कृतिक तथा साहित्यक रुपमा आफ्नो छुट्टै पहिचान बनाएको खोटाङ जिल्लालाइ कतारमा पनि प्रबर्द्धन गर्ने उद्धेश्यसहित कार्यक्रममा सास्कृतिक प्रस्तुतिको साथमा साहित्यको उच्च संयोजन रहने उपाध्यक्ष बलराम लोप्चनले बताएका छन् ।
वि.सं.२०८१ जेठ ११ शुक्रवार २०:५४ मा प्रकाशित






























