back
CTIZAN AD

भारतमा बढ्दो तापक्रम : स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी

वि.सं.२०८१ जेठ १८ शुक्रवार

957 

shares

नयाँदिल्ली । भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको छ । साथै चरम गर्मी द्रुतरूपमा सार्वजनिक स्वास्थ्य सङ्कटको विषय बनिरहेको विज्ञहरूले बिहीबार बताएका छन् ।

भारतका धेरै सहरले ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका साथ अत्यधिक गर्मीको लहर झेलिरहेका छन्। तीन करोडभन्दा बढी जनसङ्ख्या भएको राजधानी नयाँदिल्लीमा बुधबार उच्च तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार सहरका एक मजदुरको गर्मीका कारण मृत्यु भएको छ ।

“सहरीकरण र जलवायु परिवर्तनको प्रभावबाट सहरहरू बढी जोखिममा छन,”, अनुसन्धान संस्थान क्लाइमेट ट्रेन्ड्सकी निर्देशक आरती खोसलाले भनिन्, “बढ्दो जनसङ्ख्याका कारण मौसमको ढाँचा परिवर्तन हुँदै जाँदा अत्यधिक गर्मी, खडेरी र कम वर्षाका दिनहरूको सामना गर्नुपरेको छ ।”

खोसलाले बढ्दो तापक्रम आजका दिनमा भारतको कल्याणका लागि सबैभन्दा ठूलो खतरा रहेको साथै दिल्ली र अन्य क्षेत्रको हालैको तापक्रम मानव अस्तित्वका लागि खतराको प्रमाण भएको बताइन् ।

भारत गर्मीसँग अपरिचित छैन तर जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक, बारम्बार र अधिक तीव्र गतिले फेरबदल भइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

नयाँदिल्लीको सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्ट (सिएसई) ले यस महिना प्रकाशित गरेको एक अध्ययनअनुसार भारतीय सहरहरू २००१–२०१० को दशकमा जति चिसो थिए त्यति हाल रातमा पनि चिसो नभएको बताएको छ। “तातो रातहरू दिउँसोको चरम तापक्रम जत्तिकै खतरनाक हुन्छन् । यदि रातभरि तापक्रम उच्च रह्यो भने मानिसहरूले दिनको गर्मीबाट निको हुने सम्भावना थोरै हुन्छ र यसले शरीरमा लामो समयसम्म तनाव दिन्छ”, अध्ययनले बताएको छ।

सन् २०१६ मा राजस्थानको थार मरुभूमिको किनारमा रहेको फलोदीमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको थियो । यो भारतमा अहिलेसम्मको सबैभन्दा उच्च पुष्टि गरिएको तापक्रम हो ।

अनुसन्धानकर्ताका अनुसार मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याइरहेको छ र यसलाई चेतावनीको रूपमा लिनुपर्छ।

“कोइला, तेल र ग्यास जलाएर र वन विनाशले निम्त्याएको जलवायु परिवर्तनका कारण भारतले यस हप्ता कठिन मौसमी परिस्थितिको सामना गरिरहेको छ”, इम्पेरियल कलेज लन्डनका जलवायुविद् र वर्ल्ड वेदर एट्रिब्युसनका निर्देशक फ्रेडेरिक ओटोले भने ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यासहरूको तेस्रो ठूलो उत्सर्जक हो तर २०७० सम्ममा शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध रहेको छ ।हाल यो विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ। (रासस÷एएफपी)

वि.सं.२०८१ जेठ १८ शुक्रवार ०७:०५ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...