back
CTIZAN AD

इजराइलको युद्ध क्याबिनेट सदस्य पार्टीद्वारा शीघ्र निर्वाचनको मागसहित विधेयक प्रस्तुत

वि.सं.२०८१ जेठ १८ शुक्रवार

906 

shares

जेरुसेलम । इजराइली युद्ध क्याबिनेटमन्त्री बेनी गान्ट्जको मध्यमार्गी पार्टीले बिहीबार संसद् भङ्ग गर्न र शीघ्र निर्वाचन गराउन विधेयक प्रस्तुत गरेको बताएको छ ।

“नेसनल युनियन पार्टीका प्रमुख प्निना तमानो–सताले २५औँ नेसेटलाई भङ्ग गर्न विधेयक प्रस्तुत गरेका छन् । यसले पार्टी नेता एवं मन्त्री बेनी गान्ट्जको नरसंहारको एक वर्षपछि अक्टोबरभन्दा अघि निर्वाचनका लागि व्यापक सम्झौतामा अघि बढ्ने अनुरोधलाई पालना गर्दछ”, पार्टीले विज्ञप्तिमा भनेको छ ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीले प्रतिवाद गर्दै ‘एकता सरकारको विघटन (हमास गाजा नेता याह्या) सिनवारका लागि पुरस्कार भएको, अन्तर्राष्ट्रिय दबाबसामु समर्पण र हाम्रा बन्धकहरूलाई मुक्त गर्ने प्रयासका लागि घातक प्रहार हो’ भनेको छ ।

सन् २०२६ को अन्तिम त्रैमासिकअघि निर्वाचन निर्धारण गरिएको छैन र लिकुडले पहिला नै चेतावनी दिँदै यसअघि निर्वाचन गराउँदा गाजामा हमासविरुद्ध सेनाको लडाइँलाई क्षति हुने बताएको छ ।

प्रधानमन्त्री नेतान्याहुले गाजा पट्टीका लागि युद्धपछिको योजनालाई अनुमोदन नगरेसम्म मे १८ मा गान्ट्जले युद्ध क्याबिनेटबाट राजीनामा दिने धम्की दिएका थिए । “युद्ध क्याबिनेटले जुन ८ सम्म राष्ट्रिय महत्त्वका छ रणनीतिक लक्ष्य प्राप्त गर्न नेतृत्व गर्ने कार्ययोजना तर्जुमा र अनुमोदन गर्नुपर्छ अन्यथा म सरकारबाट राजीनामा दिन बाध्य हुनेछु”, आफ्नो पार्टीलाई उल्लेख गर्दै नेतान्याहुमा निर्देशित टेलिभिजन सम्बोधनमा गान्ट्जले भने ।

गान्ट्जका अनुसार छ लक्ष्यमा हमासलाई समाप्त गर्ने, प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा नियन्त्रण सुनिश्चित गर्ने र इजराइली बन्धकहरूलाई घर फर्काउने समावेश छन् । “इजराइली सुरक्षा नियन्त्रण कायम राख्नुका साथै अमेरिकी, युरोपेली, अरब र प्यालेस्टिन प्रशासन स्थापना गर्नुहोस्, जसले गाजा पट्टीमा नागरिक मामिलाहरूको व्यवस्थापन गर्नेछ र भावी विकल्पका लागि जग बसाल्नेछ जुन हमास (प्यालेस्टिनी राष्ट्रपति महमुद) अब्बास होइन”, उनले भने ।

उनले साउदी अरबसँगको सम्बन्धलाई सामान्य बनाउन पनि आग्रह गर्दै भने, “एउटा समग्र कदमका रूपमा जसले इरान र यसका सहयोगीहरूविरुद्ध सवतन्त्र विश्व र अरब संसारसँग गठबन्धन सिर्जना गर्नेछ ।”

युद्धपछि गाजामा इजराइली कब्जालाई अस्वीकार गर्न असफल भएकामा नेतान्याहुले रक्षामन्त्री योभ ग्यालेन्टको पनि आलोचनाको सामना गर्नुपरेको छ । (रासस÷एएफपी)

वि.सं.२०८१ जेठ १८ शुक्रवार ०७:११ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...