back
CTIZAN AD

चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउँदै प्रदेश सरकार

वि.सं.२०८१ जेठ २५ शुक्रवार

666 

shares

बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो ।

आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको वाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।

आर्थिक तरलता, न्यून आन्तरिक आया र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले बताए । आगामी आवको बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उनले बताए । आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ ।

बागमती सरकारले चालु आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ५० करोड रहेको छ ।

वि.सं.२०८१ जेठ २५ शुक्रवार ११:४१ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...