काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ज्याउदिन मिया रहेका छन ।
प्रहरीले भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हो ।
त्यसैगरी ५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको सुनको सिक्रि अरमानलाई दिने पक्राउ गरिएको हो ।
फाइल फोटो
वि.सं.२०८१ जेठ २७ आइतवार १४:४८ मा प्रकाशित






























