भाङ्गलाई तत सम्बन्धि निति बनाएर प्रयोगमा ल्याउने भनेर सरकारले आफ्नो निर्त तथा बजेट भाषणमा सम्बोधन गरिरहँदा एउटा ठूलो समुहले सकरात्मक समर्थन गरिरहेका छन् । यो काम पहिले नै गर्नु पर्ने थियो ढिलै भएपनि स्वागतयोग्य छ, भन्छन् यसका जानकारह? । आउ यसको उपयोगिता र प्रयोगको बारेमा केहि चर्चा गरौ ।
भाङ्गको महत्वको बारेमा प्राय सबै धर्म ग्रन्थमा उल्लेख गरेको पाइन्छ । सनातन धर्ममा त झन भगवान शिवको प्रिय वस्तुको ?पमा ब्याख्या गरिएको छ । यसको इतिहास खोज्ने हो भने संसारमा पहिलो कपडा भाङ्गबाटै बनेको थियो । सर्बप्रथम बनेको अमेरिकाको झण्डा पनि यसैबाट बनेको थियो । गाँजा र भाङ्ग एउटै प्रजाति हुन तर भाङ्ग मेल हो भने गाजा फिमेल हो । भाङ्गको मुन्टाको प्रयोग र गाँजाको फुल प्रयोग गरिन्छ । तर दुबैको बोट भने धेरै कुरामा प्रयोग गरिन्छ । त्यसको चर्चा तल आउने छ ।
मानव सभ्यतामा एक मात्र यस्तो चिज हो भाङ्ग यसबाट आबस्यक सम्पुर्ण चिज बनाउन सकिन्छ । यसको प्रयोग निम्न कुरामा गर्न सकिन्छ ।
१) कस्मेटिक बस्तुको उत्पादन: क्रिम, लोसन, पाउडर, गाजल, लिपिस्टिक, सावुन, पेस्ट, फेसवास, सम्पुर्ण उत्कृस्ट कस्मेटिक बस्तुरू आदि आदि बनाउन सकिन्छ ।
२) लगाउने कपडा : सर्ट, पेन्ट, बेस्ट, अन्डरबियर, सारी, मजेत्रो, रिवन, बेडकभर, कोट, बेल्ट, ब्याग, जुत्ता चप्पल आदि सम्पुर्ण बनाउन सकिन्छ ।
३) घर, गाडि बनाउन सकिन्छ: मानिस बस्ने घरको वालमा लाउने इटा, टायल्स, पार्केटिङ, गाडिको सम्पुर्ण बडि बनाउन सकिन्छ । अमेरिकाबाट उत्पादन हुने फोर्ड कम्पनिले २०२० मा आफ्नो गाडि यसबाट बनाएको थियो ।
४) मानबलाइ चाइने पोसकतत्व पाइने: सबै भन्दा बढि ॐमेगा, फाइवर, फ्याटि एसिड, मिनरल, र बिभिन्न भिटामिन यसमा पाइन्छ ।
५) विभिन्न औषधीहरू र खाने कुरामा प्रयोग: मानिसको जटिल समस्याको जस्तै क्यान्सर, अल्जाइमर, डिमेन्सिया, न्युरोलिजिकल समस्या, पेटका बिभिन्न, छालाका विभिन्न समस्या र क्यान्सरमा केमो दिँदा हुने प्रतिकुल असरको पनि यसले सहजीकरण गर्छ । अचार, सब्जि र मिठाइ जस्ता खाने कुरामा समेत प्रयोग गर्न सकिन्छ । भने निन्द्राकम हुने, जिउ दुख्ने, चिन्ता जस्ताको उपचार हुने औषधीहरू बनाउन सकिन्छ । खानेतेल देखि लगाउने तेलसम्म बनाउन सकिन्छ ।
६) भाडा वर्तन र खेलाउना बनाउन: हाल हामीले प्रयोग गर्ने प्लास्टिका भाडाको जसरी जेजे चलाइ रहेका छौं त्यसको विकल्पमा सम्पूर्ण सामान यसबाट बनाइन्छ ।
७) वातावरण सन्तुलन राख्छः हामी बसेको र प्रयोग गर्ने माटोको जैबिक तथा रासायनिक उत्सर्गनबाट भएको असरलाई सन्तुलन गर्दछ । दोस्रो बिश्व युद्धताका जापानको हिरोसिमा र नागासाकीमा पड्काइएको अणु बमको कारणले बिग्रेको माटोको पेस्टिआइड हटाउन बिगत ८ बर्स देखि त्यहा गाँजा खेति गरिएको छ । हाल त्यहा सामान्य बिरूवाहरू उम्रन थालेका छन । त्यहाँको वातावरणमा सन्तुलन आउन थालेको छन् ।
८) यसको खेति १२ महिनामा ४ पटक गर्न सकिन्छ : यो हिमाल, पहाड र तराइ जुनै पनि ठाउँमा हुन्छ । जस्तोसुकै रूखो ठाउँमा समेत हुन्छ । अन्य सामान्य बनस्पति भन्दा १० गुणा बढि वातावरणलाई सन्तुलन राख्छ । भाइरस, ब्याक्टेरिबाट बचाउँछ ।
९) एकपटक लगाएपछि पटक पटक लगाउनु पर्दैन : रूखो ठाउँमा समेत उत्पादन हुने र बयस्क बिरूवाको सम्पूर्ण भाँग प्रयोगमा आउने हुँदा केहि खेर जादैन ।
यसलाई हेम्प, मेरिजुवाना, केनाइभिस जस्ता बिभिन्न नामले चिनिन्छ । हिमाली भेगमा उत्पादन हुने गाँजा उत्कृस्ट हुने हुँदा नेपालको गाँजा लुकाइ छुपाइ महँगो दाममा युरोपसम्म पुग्ने गरेकोले यसको बजार संसारभर पु¥याउन सकिने छ । यसको अचम्मको बिशेषता त यस्तो छकि एक भोको मानिसले खाएमा अघाएको महसुस हुने र अघाएकोले खाँदा खाएको पच्ने गर्दछ । त्यसैले सायद शिवजीको बुटि भनिएको होला । भारत छिमेकि देशमा भाङ्गलाई बैधता दिइएको छ भने गाँजालाई अझैपनि प्रतिबन्ध लगाइएको छ । यसबाट होमियोपेथिकमा क्यानाइव सटाइभा र क्यानाइभा इन्डिका २ वटा औषधि बनाइएको छ । एउटा भाङ्गबाट बनाइएको हो भने अर्काे गाँजाबाट बनाइएको हो । धन्यवाद ।
वि.सं.२०८१ जेठ २७ आइतवार १४:५२ मा प्रकाशित






























