back
CTIZAN AD

मृतकका परिवारलाई दुई लाख राहत दिइने

वि.सं.२०७४ वैशाख ३० शनिवार

813 

shares

 

३० वैशाख, बैतडी । बैतडीमा बाढीले बगाएर मृत्यु भएका परिवारलाई दुई लाख राहत दिइने भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकले बुधबार बाढीले बगाएर मृत्यु भएका दशरथचन्द नगरपालिका– ६ सुकुट्टीका सुनिता महर र उहाँकी छ वर्षीया छोरी करिश्मा महरका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । राहत प्रदानका लागि कागजपत्र सङ्कलन गर्न केही दिन लागे पनि तत्काल किरिया खर्चबापत रु १०÷१० हजार उपलब्ध गराइने उहाँले बताउनुभयो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बसेको बैठकले जिल्लामा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा रहने निर्णय गरेको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ । समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र विपद्का क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रतिनिधि सदस्य रहेका छन् ।

यस्तै केही दिनदेखि आएको हावाहुरी असिनाले विद्यालय, बालीनाली लगायतका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यसैगरी वर्षात्को समयमा विभिन्न ठाउँमा सडक अवरुद्ध हुनसक्ने भएकाले सडक सञ्चालनका औजारलाई तयारी अवस्थामा राख्न डिभिजन सडक कार्यालयलाई निर्देशन दिइएको प्रजिअ पौडेलले बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख ३० शनिवार ०६:५१ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...